बैतडीको दशरथचन्द नगरपालिकाद्वारा नगर वस सञ्चालनमा
बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले तेश्रो स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसर पारेर नगर वस सेवा सञ्चालनमा ल्याएको छ।
स्थापना दिवसको अवसरमा चैत २२ गते सरसफाइ कार्यक्रम आयोजना गरिनुका साथै, चैत २४ गते नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो।
नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय रहेका थिए। नगर उपप्रमुख कौशिला चन्द, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा केही दिनअघि खरिद गरिएको नगर वस सेवाको विधिवत पूजाआजासहित उद्घाटन गरिएको छ। नगर वसलाई गढी क्षेत्रबाट सुरु गरी वडा नं. १ मुस्याचोर, वडा नं. ९ र ११ को सिमानासम्म संचालन गरिएको हो।
नगर प्रमुख जोशीले नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन गरिने जानकारी दिँदै भने, “चुनावको बे...












