Advertisement

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement

नरेश बिष्ट बझाङ- बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ केदारस्यूँ गाउँपालिका ९ झोतामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको हो ।

जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहनुभएको थियो।
प्रतियोगिता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं १ का प्रदेशसभा सदस्य दमन बहादुर भण्डारी रहनुभएको थियोे ।

कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख , वडाध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद्यार्थी खेलाडीहरू तथा स्थानीय दर्शकहरूको समेत बाक्लो उपस्थिती रहेको थियो।

उद्घाटन समारोहपूर्व सहभागी खेलाडीहरूले झोता बजारबाट भैरव माध्यमिक विद्यालयसम्म आकर्षक र्‍याली निकालेका थिए। उद्घाटन कार्यक्रममा मार्चपास, राष्ट्रिय गान, स्वागत मन्तव्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जोशीले यस्ता कार्यक्रमहरू विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र देशभक्तिको भावना विकास गर्न प्रभावकारी हुने बताए । उनलेे ग्रामीण क्षेत्रका लुकेका प्रतिभा उजागर गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे । यस्तै आफू निर्वाचित भए यता बझाङ जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेको समेत बताए
खेलहरू भोलि (सोमबार) देखि सञ्चालन हुने छन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज