Advertisement

बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

Advertisement

बझाङ- सुदूरपश्चिमको धार्मिक तथा ऐतिहासिक चर्चित बान्नीकी चैतली मेलाको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ मा लाग्ने उक्त मेलाको अवसरमा आदर्श युवा क्लब बान्नीकोटले बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार ६२० र द्वितीय टिमले ३५ हजार ६२० प्राप्त गर्नेछन् ।

टिम दर्ता समय २७ गते १२ बजेसम्म रहेको छ, भने खेल सोही दिन १ बजेबाट सुरु हुनेछ । टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ।
उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कार प्रदान गरिने क्रिकेट संयोजक हिक्मत बोहराले जानकारी दिए । छ। टिम दर्ता गर्दा आफू बडामा बसोबास गरेको प्रमाण खुल्ने कागज अनिवार्य पेस गर्नुपर्नेछ।

बान्नीकी चैतली मेलाको किंवदन्ती

यो मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा लाग्ने गर्दछ ।
परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतालार्ई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट बचाउनका लागी सुर्मादेवी प्रकट भई दानवको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको त्यहाँका स्थानिवासीहरू बताउँछन् । स्थानीयहरूका अनुसार राक्षसलाई मारी सकेपछि सुर्मा देवीले राक्षस (दानव) को टाउको काटी भकुन्डो बनाएर खेलेको, पेटको छाला निकालेर दमाहा बाजा बनाएको र हातका औँलाको (गजा) दमाह बजाउने काठको छडी बनाएको हुँदा यसैलाई आधार मानी विजय उत्सव मनाउने गरेको बताउँछन् ।
सुर्मा देवीले भाला प्रहार गरेर दानवको बध गरेको प्रतिकका रूपमा चैत्र औँशीका दिन जंगलमा गई सल्लोको झन्डै १७ मिटर स्थानीय भाषामा कांकर ल्याउने गरेको (लिङ्गो) चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने ठाँउमा हिँडाउने चलन रहीआएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज