बझाङ- बझाङको दुर्गाथली गाउँपालिका ५ मा ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय चैनपुरकाे आयाेजनामा दुर्गाथली गाउँपालिका- ५ का महिलाहरुलाईका लागि उक्त तालिम सञ्चालन गरिएको हाे ।
आइतबार आजदेखि सो कार्यालयका बरिष्ठ सहजर्कता दशरथ जप्रेलकाे अध्यक्षतामा सञ्चालन भएको तालिममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहरा प्रमुख रहनु भएको थियाे ।
उक्त तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको छ । महिलाहरूलाई चुलोचौकोबाट बाहिरी ल्याएर स्वरोजगार तर्फ जोड्न तथा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो ।

