Advertisement

सुदूरपश्चिम

बझाङको बित्थडचिरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङको बित्थडचिरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा आज आइतबारदेखि प्रतियोगिता सुरु भएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको वडाध्यक्ष तथा पालिका प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी तथा एथलेटिक्स लगायतका खेलहरू सञ्चालन भइरहेका छन्। पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि सहभागी गराइने गाउँपालिकाले जनाएको छ। उद्घाटन कार्यक्रम गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ७ का अध्यक्ष दिनेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक...
धनगढीमा चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ पौष २२ देखि सुरु हुने

धनगढीमा चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ पौष २२ देखि सुरु हुने

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले चैतन्य विद्यार्थी महोत्सव २०८२ दोस्रो संस्करण आयोजना गर्ने भएको छ। गत वर्षदेखि सुरु गरिएको विद्यार्थी महोत्सव यसवर्ष दोस्रो संस्करण यहीँ पौष २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको हो। आइतबार विद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत पाठशालाले “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको छ। महोत्सवले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील तथा सांस्कृतिक प्रतिभा उजागर गर्ने लक्ष्य लिएको चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए। कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर विद्यार्थीलाई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने उद्देश्य रहेको आयोजक पक्षको विश्वास छ। महोत्सवमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, आत्मअनुशासन, नेतृत्व क्ष...
बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो। न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश भएको थियो। सिंहले दिएको दोषी ठहरको रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भिम बहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया दोषी ठहर भएका हुन्। अदालतले दोषी ठहर भएका स...
प्रतिनिधिसभा निर्वाचन: नेपाल कम्युनिष्ट बझाङबाट भरत मल्ल एकल उम्मेदवार सिफारिस

प्रतिनिधिसभा निर्वाचन: नेपाल कम्युनिष्ट बझाङबाट भरत मल्ल एकल उम्मेदवार सिफारिस

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) बझाङले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्ष तर्फ भरत मल्ललाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। शनिबार बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा सम्पन्न विशेष बैठकले मल्ललाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ। बैठकमा आगामी निर्वाचनलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।...
कैलालीको स्याउले बजारमा नाबालिकामाथि बलात्कार गरेको आरोप, होटल सञ्चालक पक्राउ

कैलालीको स्याउले बजारमा नाबालिकामाथि बलात्कार गरेको आरोप, होटल सञ्चालक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको स्याउले बजारमा रहेको एक होटलका सञ्चालक नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ स्थित काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँदलाई नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। सोही होटलमा काम गर्दै आएकी नाबालिकाले पुस १५ गते राति आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि शनिबार साउँदलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार घटनापछि भोलिपल्टै पीडितको उजुरीका आधारमा साउँदविरुद्ध मुद्दा दर्ता गरिएको हो। प्रारम्भिक अनुसन्धानमा पुस १५ गते रातिको समयमा होटलभित्रै साउँदले नाबालिकामाथि बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ। पीडित नाबालिकाको नवजीवन अस्पताल र अत्तरिया अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाबार...
रामारोशनमा माओवादी कमजोर बन्दै, तीन वडा अध्यक्ष प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

रामारोशनमा माओवादी कमजोर बन्दै, तीन वडा अध्यक्ष प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रभाव कमजोर बन्दै गएको संकेत देखिएको छ। माओवादी केन्द्रबाट निर्वाचित तीन जना वडा अध्यक्षले पार्टी परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। रामारोशन गाउँपालिका वडा नम्बर १, २ र ६ का वडा अध्यक्षहरू क्रमशः चक्र साउँद, मीनबहादुर परियार र सुशील साउँद प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका हुन्। नेकपा माओवादी केन्द्रबाट अलग्गिएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाममा माओवादीको परम्परागत प्रभाव क्षेत्र कमजोर पार्दै अघि बढिरहेको चर्चा स्थानीय राजनीतिक वृत्तमा चल्न थालेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपक साउँदका अनुसार नवप्रवेशी वडा अध्यक्षहरूलाई पार्टीको प्रदेश समिति सदस्यको जिम्मेवारीसमेत दिइएको छ। साउँदले जनाएअनुसार अछाम जिल्लाका जनयुद्धका बन्दी परिवार, सहिद परिवार तथा घाइ...
प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले बझाङबाट ऐन महर सहित तीनजना सिफारिस

प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले बझाङबाट ऐन महर सहित तीनजना सिफारिस

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बझाङले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ऐनबहादुर महर सहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रबाट प्राप्त निर्देशन तथा निर्वाचन प्रक्रियाअनुसार जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको हो । सिफारिस सूचीमा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरसँगै जिल्ला कमिटी बझाङका पूर्व उपाध्यक्ष मोहनराज जोशी तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री रहेका छन् । ऐनबहादुर महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच दलीय गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । यो क्षेत्रकै प्रभावशाली नेता मानिने युवा नेता तथा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर योपटक पनि चुनाव लड्ने विषयले चर्चा पाएको छ ।...
शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट

शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट

Breaking News 1, बझाङ, समाचार
बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले शनिबार जयपृथ्वी नगरपालिका अन्तर्गतको तमैल बजारमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख मान बहादुर धामीको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसल तथा व्यवसायहरूको अवस्था निरीक्षण गरिएको हो । अनुगमनका क्रममा पेय पदार्थ, भुजाका प्याकेट, मसला, नमकिन, टाउकोमा लगाउने तेल, पाउडर लगायतका सामग्रीहरू म्याद नाघेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । म्याद नाघेका ती सामग्रीहरूको बजार मूल्य करिब ७ हजार ५ सय रुपैयाँ बराबर रहेको र अनुगमन टोली घरेलु कार्यालयका कर्मचारी, जिल्ला प्रशासनका प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको रोहबरमा ती सबै सामग्री जलाई नष्ट गरिएको छ । यसका साथै व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची राखिएको अवस्था तथा उपभोक्ता हितसँग सम्बन्धित कानुनी मापदण्डको पालना भए–नभएको विषयमा पनि जाँच गरिएको थियो । केही...
विद्यार्थीलाई लागु औषधबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

विद्यार्थीलाई लागु औषधबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

बझाङ, समाचार
विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाउने उद्देश्यले बझाङमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।  सामाजिक विकास कार्यालय बझाङको आयोजनामा कुलमष्टाजन माध्यामिक विद्यालयमा कार्यक्रम गरेको हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयागराज जोशी रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा सहभागी हुनु भएको थियो। कार्यक्रममा मष्टा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गाप्रसाद भट्ट ,शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कक्षा प्रदान गर्नु भएको थियो। उहाँले लागुऔषधका प्रकार, प्र...
२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Breaking News 2, बझाङ, समाचार
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरीबल आश्रित गुल्म बझाङले मष्टा गाउँपालिकामा हाजिरी जवाफ कार्यक्रम गरेको छ । विभिन्न माध्यमिक विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा कुलमष्टाजन माध्यामिक विद्यालय प्रथम स्थान हासिल गरेको छ भने शारदा माध्यामिक विद्यालय दितृय घचाया माध्यमिक विद्यालय तृतीय सरस्वती माध्यमिक विद्यालय सान्त्वना भएको छ । सशस्त्र प्रहरी बलकाे स्थापना दिवसकाे अवसरमा यस पटक मष्टा गाउँपालीकालाइ समेटेर विद्यालय स्तरिय कार्यक्रम गरिएको डिएसपी दुर्गाप्रशाद भट्टले बताए । उनले मष्टाकाे कुलमष्टाजन माध्यामिक विद्यालय लगायत स्थानीय सरकारलाई साथ सहयाेग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन । कार्यक्रममा मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जाेशी सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जाेशी शिक्षा शाखा प्रम...
बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रमेश बहादुर विष्ट लाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार गाउँपालिकामा कार्यरत वरिष्ठ कर्मचारी विष्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८५ को उपदफा (४) बमोजिम हाल प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको अवस्थामा वा अर्को व्यवस्था नहुँदासम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी विष्टलाई तोकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त निर्णय तह कार्यालयको पत्र संख्या १३४४, मिति २०८२/०९/०२ को पत्रका आधारमा गरिएको हो।   यसअघि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली को गत पौष २ गते डेढ महिनामै सरुवा भएपछि गाउँपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा रहेको थियो।...
“नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा “

“नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा “

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
"नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा " जीवन र मृत्युको सीमारेखा कहिल्यै नहेरी, सिद्धान्त र व्यवहारबीच अद्भुत सन्तुलन कायम गर्दै, स्पष्ट विचार र साहसी नेतृत्वका साथ नेपाली क्रान्तिको अग्रमोर्चामा उभिनु भएका नेता प्रेम बयकको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीको समानुपातिक बन्द सूचीमा समावेश भएपछि आम क्षेत्रवासी, जनयुद्धका घाइते–अपाङ्ग, शहीद परिवार, प्रवासी नेपाली र सम्पूर्ण उत्पीडित वर्गमा उत्साह छाएको छ।२०५४ सालमा क्याम्पस अध्ययनकै क्रममा विद्यार्थीका हक–हितका लागि क्रान्तिकारी संगठनबाट प्रभावित भई माओवादी आन्दोलनमा होमिनु भएका प्रेम बयक २०५७ सालदेखि भूमिगत जीवनमा प्रवेश गर्दै सैन्य तालिमसहित मिलिसिया र स्क्वायड कमाण्डरको जिम्मेवारी सम्हाल्नुभयो। २०५८ सालदेखि जनमुक्ति सेनाका रूपमा दर्जनौँ युद्ध मोर्चामा सहभागी उहाँ २...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज