Advertisement

रामारोशनमा माओवादी कमजोर बन्दै, तीन वडा अध्यक्ष प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

Advertisement

धनगढी- अछामको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रभाव कमजोर बन्दै गएको संकेत देखिएको छ। माओवादी केन्द्रबाट निर्वाचित तीन जना वडा अध्यक्षले पार्टी परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।
रामारोशन गाउँपालिका वडा नम्बर १, २ र ६ का वडा अध्यक्षहरू क्रमशः चक्र साउँद, मीनबहादुर परियार र सुशील साउँद प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका हुन्।
नेकपा माओवादी केन्द्रबाट अलग्गिएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाममा माओवादीको परम्परागत प्रभाव क्षेत्र कमजोर पार्दै अघि बढिरहेको चर्चा स्थानीय राजनीतिक वृत्तमा चल्न थालेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपक साउँदका अनुसार नवप्रवेशी वडा अध्यक्षहरूलाई पार्टीको प्रदेश समिति सदस्यको जिम्मेवारीसमेत दिइएको छ।
साउँदले जनाएअनुसार अछाम जिल्लाका जनयुद्धका बन्दी परिवार, सहिद परिवार तथा घाइते परिवारहरूले समेत प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस घटनाक्रमले आगामी दिनमा अछाम जिल्लाको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आउन सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज