Advertisement

बझाङको बित्थडचिरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा आज आइतबारदेखि प्रतियोगिता सुरु भएको हो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको वडाध्यक्ष तथा पालिका प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी तथा एथलेटिक्स लगायतका खेलहरू सञ्चालन भइरहेका छन्।
पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि सहभागी गराइने गाउँपालिकाले जनाएको छ। उद्घाटन कार्यक्रम गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ७ का अध्यक्ष दिनेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको रहनु भएको थियोे । कार्यक्रममा गाउँपालिका तथा वडाका जनप्रतिनिधि, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रतिनिधि, राजनीति दलका प्रमुख प्रतिनिधि, अभिभावक शिक्षक लगायत अतिथि रहनुभएको थियोे । प्रतियोगिता निष्पक्ष ढंगले सञ्चालन गर्न, खेलाडीलाई अनुशासित तवरमा खेल्न प्रमुख अतिथि मल्ल आग्रह गर्नुभएको थियोे । त्यस्तै खेल र खेलाडीको सर्वाङ्गीण विकासका लागि पालिका लागिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज