Advertisement

बझाङ

बझाङमा १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बझाङमा १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जिल्लाको थलारा गाउँपालिका-४ कि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही वडाका ६० वर्षीय गम्भिरे सार्की पक्राउ परेका हुन् । सार्कीले किशोरीलाई २०८१ भदौ १५ गते साँझ ५ बजेको समयमा आफ्नै खेत बारीमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको भन्ने प्रहरीमा आएको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठकुन्नाले जानकारी दिए । उनका अनुसार सार्कीलाई चैत ६ गते अस्थाई प्रहरी पोष्ट बगडा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियोे । अहिले आरोपित र पीडित दुबै जनाको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।...
बझाङमा प्रमुख जिल्ला अधिकारी फेरि, को आउँदैछन् नयाँ सिडिओ..

बझाङमा प्रमुख जिल्ला अधिकारी फेरि, को आउँदैछन् नयाँ सिडिओ..

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी फेरि दिएको हो । मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई उनको ठाउँमा पठाएको छ ।
कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छन्। बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका-९ बिजुलिया बस्ने ४५ वर्षीया गौरी गुरुधामी चरेशसशित पक्राउ परेकी हुन्। गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका चन्द्र बाेहरा विजयी भएका छन् । बाेहराले १ सय १२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी विप्लव निकट अखिल समाजवादकी विपना धामीले ७४ मत प्राप्त गरिन् । क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु, माओवादि निकट अखिल क्रान्तिकारी , समाजवादी निकट अनेरास्वियू र विप्लव निकट अखिल समाजवादीकाे तालमेल भएकाे थियाे । नेविसंघ एक्लैले चुनाव लडेको थियोे ।...
बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू र अखिल क्रान्तिकारीका साझा उम्मेदवार जैसी निर्वाचित

बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू र अखिल क्रान्तिकारीका साझा उम्मेदवार जैसी निर्वाचित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा सुरेश राज जैसी निर्वाचित भएका छन् । आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन मा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साझा उम्मेदवार अनेरास्ववियूका जैसी सभापति पदमा १ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुका साझा उम्मेदवार नेविसंघका रोशन भण्डारीले १ सय ९ मत र विप्लव निकट अखिल समाजवादीका अक्कल धामीले ६३ मत प्राप्त गरे । त्यस्तै सचिवमा अनेरास्ववियूका विपिन रोकाया निर्वाचित भएका छन् । रोकाया नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार धनबहादुर धामी र अखिल समाजवादीका नवीन जेठारालाई पराजित गर्दै स्ववियु सचिवमा निर्वाचित भएका हुन् । निर...
सुनकुडा क्याम्पसमा संयुक्त प्यानल नै निर्वाचित , सभापतिमा विष्ट

सुनकुडा क्याम्पसमा संयुक्त प्यानल नै निर्वाचित , सभापतिमा विष्ट

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त प्यानल निर्वाचित भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ ) र अखिल समाजवादीलाई हराउँदै अनेरास्ववियु अखिल क्रान्तिकारी र अनेरास्ववियूको संयुक्त प्यानलनै निर्वाचित भएको हो । क्याम्पसको स्ववियु सभापतिमा नेरास्ववियुका कपिल बिष्ट निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ ) का जयदेव भट्ट र अखिल समाजवादीका भानूभक्त जोशीलाई पराजित गर्दै सभापति पदमा बिष्ट निर्वाचित भएको निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडाले जानकारी दिए  । उनका अनुसार बिष्टले १ सय ४१ , भट्टले ७७ र जोशीले ४ मत प्राप्त गरेका थिए । स्ववियु सचिवमा अनेरास्ववियूका सन्तोष बि.क निर्वाचित भएका छन् । उनलेे १ सय १७ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेविसंघका धनबहादुर बोहराले ९२ र अखिल समाजवादीका अञ्जली ऐरले १५ मत प्राप्त ग...
बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने,, विजेताले ३६ हजार बढी पुरस्कार पाउने

बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने,, विजेताले ३६ हजार बढी पुरस्कार पाउने

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
समीर कठायत- बझाङ । बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्लामा रहेको जनशक्ति युवा क्लबले उक्त क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । परम्परादेखिनै छबिसपाथिभेरा गाउँपालिका-२ र ३ मा लाग्ने कांक्रेऔंशी, बान्नीकी चैतली मेलाको अवसरमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको जनशक्ति युवा क्लबका सहसचिव निर्केश कठायतले जानकारी दिए । यस वर्ष बान्नी चैतली मेला १६ गतेबाट सुरु हुँदैछ । खेलाडीको पहिचान, खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको कठायतको भनाइ छ । प्रतियोगितामा विजेता टिमले ३६ हजार ६ सय २ सहित ट्रफी प्रमाणपत्र,मेडल र उपविजेता हुने टिमले १२ हजार ६ सय २ रुपैया सहित ट्रफीप्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता समय चैत १७ गते बेलुकी ५ बजेस...
बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह- बझाङ । बझाङको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम दिइने भएको छ । जिल्लामा सञ्चालित प्रगतिशिल युवा समाज, वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र पालिकाको समन्वयमा १८ बर्ष मुनी तथा १२ बर्ष माथिका बालबालिकालाई आधारभुत आत्मरक्षा सिप तथा आधारभुत प्रशिक्षण तालिम दिइने भएको हो । प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साँझेदारीमा संचालित बाल संरक्षण परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको संस्थाले जनाएको छ । सोमबार जयपृथ्वी नगरपालिका–६ मा रहेको भवानी माध्यामिक विद्यालय नौरामा कार्यक्रमको सुरुवात गर्दै संस्थाले बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा कमी आउन नसकेकाले त्यसमा कमि ल्याउन आधारभुत तालिमको आयोजना गरिएको बाल संरक्षण परियोजनाका अधिकृत विनोद थापाले बताए । उनले भने, ‘दिनदिनै जसो यस्ता घटना भइरहेको पाइन्छ । बलात्कार,...
बझाङका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सुरु

बझाङका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- त्रिभुवन विश्वविद्यालय मातहत रहेका बझाङका ३ क्याम्पसहरूमा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । जिल्लाका बझाङदीप बहुमुखी क्याम्पस , त्रिवेणी बहुमुखी क्याम्पस, र सुनकुडा बहुमुखी क्याम्पसमा मात्रै अहिले ८ बजेबाट निर्वाचन सुरु भएको हो । यसअघि छबिसपाथिभेरा गाउँपालिकामा रहेका सेती बहुमुखी क्याम्पस बगडगाउँ र शान्ति आदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । निर्वाचनको प्रक्रिया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरूमा भने विद्यार्थीको भर्नादर कम रहेका कारण निर्वाचन रोकिएको छ । थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पस, र खप्तडछान्ना गाउँपालिकामा रहेको खापरदेव बहुमुखी क्याम्पसमा विद्यार्थीको भर्ना संख्या कम भएकाले निर्वाचन गराउन नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । चुनावमा भइरहेका तीन क्याम्पसमा एमाले निकट अनेरास्ववियु, काँग्रे...
बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् । बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन । उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ । बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ । बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।...
जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले सोमबार एक कार्यक्रम बिच थलारा गाउँपालिका–९ की मृतक संथाकी सदस्य पञ्चमला देवी जोशीको छोरा भागिरथ जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको ६ लाख २५ हजार रकम हस्तान्तरण गरेको हो । समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पुर्याउँदै आएको संस्थाका शाखा प्रबन्धक सुमन रानाले बताए उक्त रकम हस्तान्तरण कार्यक्रममा वित्तीय क्षेत्रको सुधार ,वित्तीय अनुशासन , कर्जा सदुपयोग ,बचत को महत्त्व तथा आवश्यकता, प्रबिधी मैत्री पारदर्शी कारोबार ,कर्जा बिमाको महत्त्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थि...
को हुन सुनकुडा क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार बिष्ट

को हुन सुनकुडा क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार बिष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार
बझाङ- आउँदो चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैछ । बझाङको बित्थडचिर गाउँपालिका ९ मा रहेको सुनकुडा क्याम्पसमा स्ववियु सभापतिका लागि ३ जनाको उम्मेदवारी छ । ती मध्यका एक हुन् कपिल विष्ट,, उनी अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियू को संयुक्त प्यानलका साझा सभापति पदका उम्मेदवार हुन् । बित्थडचिर गाउँपालिकामै जन्मिएका कपिल एक साहसी युवाको रुपमापरचित छन् । उनको समुदाय विकास, युवा सशक्तिकरण र दिगो पहलकदमीमा निकै महत्त्वपूर्ण योगदान रहेको छ । बुबा कर्ण बहादुर बिष्ट र आमा पिपला देवी विष्ट सँगको प्रेरणादायक जीवन र शिक्षाबाट कपिलले सधैं समाजमा सकारात्मक परिवर्तन ल्याउने चाहना राखेका छन् । सानैदेखि कपिलले निडर र साहसी नेतृत्वका गुणहरू देखाए, जसले उनलाई आफ्नो समुदाय र देशको भविष्यलाई राम्रो बनाउन प्रेरित गरेको छ । उनले भने मलाइ सकारात्मक सोच र रणनीतिक सोचले...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज