समीर कठायत- बझाङ ।
बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्लामा रहेको जनशक्ति युवा क्लबले उक्त क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
परम्परादेखिनै छबिसपाथिभेरा गाउँपालिका-२ र ३ मा लाग्ने कांक्रेऔंशी, बान्नीकी चैतली मेलाको अवसरमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको जनशक्ति युवा क्लबका सहसचिव निर्केश कठायतले जानकारी दिए ।
यस वर्ष बान्नी चैतली मेला १६ गतेबाट सुरु हुँदैछ ।
खेलाडीको पहिचान, खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको कठायतको भनाइ छ ।
प्रतियोगितामा विजेता टिमले ३६ हजार ६ सय २ सहित ट्रफी प्रमाणपत्र,मेडल र उपविजेता हुने टिमले १२ हजार ६ सय २ रुपैया सहित ट्रफीप्रमाणपत्र प्राप्त गर्नेछन् ।
टिम दर्ता समय चैत १७ गते बेलुकी ५ बजेसम्म तोकिएको छ , भने दर्ता शुल्क ३ हजार ३ सय रहेको छ ।
प्रतियोगिता चैत १८ गतेबाट रज्न्तोला खेलमैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा एक वडाको खेलाडी अर्को वडा बाट समाबेश नपाइने भएको छ । प्रत्येक खेलाडीले अनिवार्य आफ्नो नागरिता वा जन्मदर्ता साथमा लिएर आउन आयोजकले एक सूचना मार्फत जानकारी गराएको छ । प्रतियोगितामा म्यानअफ द सिरिजको पनि व्यबस्था गरिएको छ ।
सूचना पनि पढौँ


