बझाङमा किशोरीलाई जबर्जस्तीकरणी गर्ने र सघाउने दुबै जना पक्राउ
धनगढी- बझाङमा किशोरीमाथि जबर्जस्तीकरणी गर्ने र सघाउने दुबै जना जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तल्कोट गाउँपालिका - ५ घर भई चैनपुरमा डेरा गरि बस्दै आएका २२ वर्षीय हेमन्त भण्डारी र तलकोट गाउँपालिका–२ घर भई चैनपुर बजारमा बस्ने २१ वर्षीय महेश कुँवर रहेका छन् ।
मष्टा गाउँपालिका–१ घर भई हाल चैनपुरमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई २२ वर्षीय भण्डारीले आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको र २१ वर्षीय कुँवरले उक्त घटनामा कोठाको बाहिरबाट चुक्कुल लगाएर सघाएको आरोप लागेको छ ।
अहिले पीडित र आरोपित दुवै जनाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...












