धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् ।
बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन ।
उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ ।
बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ ।
बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।

