Advertisement

बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू र अखिल क्रान्तिकारीका साझा उम्मेदवार जैसी निर्वाचित

Advertisement

धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा सुरेश राज जैसी निर्वाचित भएका छन् ।
आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन मा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साझा उम्मेदवार अनेरास्ववियूका जैसी सभापति पदमा १ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुका साझा उम्मेदवार नेविसंघका रोशन भण्डारीले १ सय ९ मत र विप्लव निकट अखिल समाजवादीका अक्कल धामीले ६३ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा अनेरास्ववियूका विपिन रोकाया निर्वाचित भएका छन् । रोकाया नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार धनबहादुर धामी र अखिल समाजवादीका नवीन जेठारालाई पराजित गर्दै स्ववियु सचिवमा निर्वाचित भएका हुन् । निर्वाचित रोकायाले १ सय ३४, धामीले १ सय ९, र जेठाराले ४६ मत प्राप्त गरे ।

कोषाध्यक्षमामा रबिना कुमारी धामी निर्वाचित भएकी छन् । १ सय २६ मत सहित अखिल क्रान्तिकारीकी धामी स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनका प्रतिद्वन्द्वी नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार मनिषा बोगटीले ९५ मत र अखिल समाजवादीकी सुष्मिता थापाले ६९ मत प्राप्त गरिन् ।

जम्मा ३ सय ३४ मत खसेको थियोे जसमा १७ मत बदर भएको छ ।

यसअघिको स्ववियु निर्वाचनको सभापति पद अखिल समाजवादीका कमल थापाले जितेका थिए ।  उनको कार्यकाल सकिएपछि मंगलबार स्ववियु निर्वाचन भएर नयाँ नेतृत्व चयन भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज