Advertisement

बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

Advertisement

सत्यराज सिंह- बझाङ ।
बझाङको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम दिइने भएको छ । जिल्लामा सञ्चालित प्रगतिशिल युवा समाज, वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र पालिकाको समन्वयमा १८ बर्ष मुनी तथा १२ बर्ष माथिका बालबालिकालाई आधारभुत आत्मरक्षा सिप तथा आधारभुत प्रशिक्षण तालिम दिइने भएको हो । प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साँझेदारीमा संचालित बाल संरक्षण परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

सोमबार जयपृथ्वी नगरपालिका–६ मा रहेको भवानी माध्यामिक विद्यालय नौरामा कार्यक्रमको सुरुवात गर्दै संस्थाले बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा कमी आउन नसकेकाले त्यसमा कमि ल्याउन आधारभुत तालिमको आयोजना गरिएको बाल संरक्षण परियोजनाका अधिकृत विनोद थापाले बताए । उनले भने, ‘दिनदिनै जसो यस्ता घटना भइरहेको पाइन्छ ।

बलात्कार, हत्या, हिंसा, यौनजन्य अपराध जस्ता घटनाबाट जोगिन बालबालिलाई आत्मरक्षा तालिमको आयोजना गरिएको हो ।’ संस्थाले प्रत्येक ठाउँमा प्रशिक्षक खटाएको छ ।
आधारभुत सिपमा बालबालिकाहरुलाई आत्मरक्षाका विभिन्न उपाय सिकाएको छ । यौनजन्य हिंसाको प्रयास गर्नेको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपायबारे बालबालिकालाई प्रशिक्षण दिइएको हो । बालबालिकाहरुलाई शारीरिक र मानसिक रुपमा सक्षम बनाउनेदेखि यौनजन्य हिंसा र दुव्यर्वहारबाट सुरक्षित रहन अपनाउन सकिने उपायबारे ज्ञान दिइएको छ ।

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका–६ का वडाअध्यक्ष नरेन्द्र बहादुर सिंहले वडा सरकारले बालमैन्त्री स्थानिय शासन वडा घोषणा गर्ने तयारी गरेकाले सोहिको तयारीको अनुरुप यो कार्यक्रम गरिएको बताए । बालबालिका सम्वन्धी हुने घटनाहरुलाई रोक्नका लागि यो आधारभुत तालिमले सहज बनाउने समेत वडाअध्यक्ष सिंहले बताए ।
आत्मरक्षा तालिम सेल्फकन्फिडेन्सका लागि भएकाले यसलाई घर र समुदायमा पनि निरन्तरता दिन प्रगतिशल युवासमाजका अध्यक्ष रमेश केसीले बालबालिकाहरुलाई आग्रह गरेका छन् ।

आत्मरक्षा तालिम पाएपछि बालबालिका खुसी भएका छन् । बाटोमा एक्लै हिड्दा कसैबाट पीडित हुन्छु कि भन्ने डर पनि तालिमले हटाइ दिएको छ । प्रत्येक विद्यालय र समुदायमा तालिम प्राप्त बालबालिकाले अन्य बालबालिकालाई पनि सिकाउने भएकाले समाजमा बढ्दो बालदुव्र्यवहारलाई कमी गर्न र जोगिन सक्ने अपेक्षा संस्थाको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज