Advertisement

जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

Advertisement

बझाङ- बझाङको सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ ।
संस्थाले सोमबार एक कार्यक्रम बिच थलारा गाउँपालिका–९ की मृतक संथाकी सदस्य पञ्चमला देवी जोशीको छोरा भागिरथ जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको ६ लाख २५ हजार रकम हस्तान्तरण गरेको हो ।

समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पुर्याउँदै आएको संस्थाका शाखा प्रबन्धक सुमन रानाले बताए

उक्त रकम हस्तान्तरण कार्यक्रममा वित्तीय क्षेत्रको सुधार ,वित्तीय अनुशासन , कर्जा सदुपयोग ,बचत को महत्त्व तथा आवश्यकता, प्रबिधी मैत्री पारदर्शी कारोबार ,कर्जा बिमाको महत्त्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थियो।

संस्थाको कर्मचारीले मृतक परिवारको घरसम्म पुगेर सहयोग रकम हस्तान्तरण गरेकोमा संस्थाप्रति थलारा गाउँपालिका- ९ का वडा सचिब ज्ञान बहादुर बिष्टले धन्यवाद दिए । वडा सचिव बिष्टले भने पहिले वित्तीय संस्था नहुँदा यस ठाउँमा रहेका ब्यक्तिहरुको आर्थिक अवस्थाका नाजुक रहेको पाइन्थ्यो भने लघुबित्त संस्थाको लघुकर्जा पाई वित्तीय कारोबार गर्न सिकाई आत्मनिर्भर बनाउनुको साथै दैनिक जीवन स्तर उकासेको छ । आबद्ध सदस्यहरुलाई लिएको कर्जा रकमको सही सदुपयोग गर्न उत्प्रेरित गरे ।

सो संस्थाको चैनपुर शाखामा आवद्ध हालसम्म ९ जना ऋणी सदस्यको मृत्यु भएको र ५६ लाख ७५ हजार रकम भुक्तानी गरेको शाखा प्रबन्धक रानाले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज