Advertisement

बझाङ

बझाङको बित्थडचिरमा सुरु भयो तेस्रो कमल स्मृति भलिबल प्रतियोगिता

बझाङको बित्थडचिरमा सुरु भयो तेस्रो कमल स्मृति भलिबल प्रतियोगिता

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका वडा नं. ४ मा तेस्रो कमल स्मृति डेउडा सर्जक सम्मान तथा भलिबल प्रतियोगिता सुरु भएको छ। कमल स्मृति क्लबको आयोजनामा तथा वडा नम्बर ४ को मुख्य प्रायोजनमा तीन दिनसम्म चल्ने प्रतियोगिता देउलेखस्थित देवेश्वरी माविको खेलमैदानमा बिहीबारदेखि सुरु भएको हो। प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अफिलाल ओखेडाले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले स्वर्गीय कमल बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै, जीवित रहँदा समाजका लागि योगदान दिने व्यक्तिहरूको इतिहास सधैं सम्झिइने बताए। कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ४ का वडाध्यक्ष कलक बोहराले स्व. कमल बोहरा प्रतिभाशाली युवा भएको उल्लेख गर्दै २०७९ सालमा बितेको स्मरण गरे। उनले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे। कार्यक्रमको अध्यक्षता नेकपा एमाले बित्थडचिर...
बझाङमा जिल्ला स्तरिय रनिङ शिल्ड सम्पन्न, उपाधि केदारस्यूँ गाउँपालिकालाई

बझाङमा जिल्ला स्तरिय रनिङ शिल्ड सम्पन्न, उपाधि केदारस्यूँ गाउँपालिकालाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा १५ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न भएको छ । यहीँ चैत २४ गतेदेखि केदारस्यूँ गाउँपालिकाको झोतामा रहेको भैरव माध्यामिक विद्यालयमा सञ्चालन भएको प्रतियोगिता आज बिहिबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि केदारस्यूँ गाउँपालिकाले हात पारेको छ । १९ स्वर्ण, ८ रजत, २ काँस्य सहित २९ वटा पदक ल्याएर उपाधि हात पारेको हो । यसैगरि प्रतियोगितामा द्धितिय जयपृथ्वी नगरपालिका भएको छ । १० स्वर्ण, ४ रजत, ६ काँस्य सहित २० वटा पदक ल्याएर द्धितिय भएको हो । छबिसपाथिभेरा गाउँपालिकाले ३ स्वर्ण, ६ रजत , र ३ काँस्य सहित १२ पदक ल्याएर तृतिय स्थान हासिल गरेको छ । यस्तै खप्तडछान्ना गाउँपालिकाले ३ स्वर्ण, ५ रजत, ३ काँस्य, सहित ११ पदक , बुङ्गल नगरपालिकाले २ स्वर्ण, २ रजत, २ काँस्य, सहित ६ पदक , सुर्मा गाउँपालिका २ स्वर्ण, २ रजत, १ काँस्य सहित ५ पदक , थलारा गाउँपालिकाले १ स्वर्ण...
जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
  बझाङ — जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सभापति पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार तिलक चन्द्र बोहरा विजयी भएका छन्। बोहराले १२५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहरालाई ३ मतले पछि पारेका हुन्। विवेकले १२२ मत प्राप्त गरे। सभापति पदका अन्य उम्मेदवारहरूमध्ये अखिल (क्रान्तिकारी)का मान बहादुर धामीले ५९ मत र अखिल (समाजवादी)का प्रबिन बहादुर महरले २ मत प्राप्त गरे। अन्य पदको नतिजा यस प्रकार छ: सचिव पदमा नेविसंघका लक्ष्मीराज जोशी विजयी भए। उनले १२२ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)की अञ्जना कामीले ९३ मत र अनेरास्ववियुका धु्रवराज जोशीले ८९ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा नेविसंघकी स्मृति कुमारी सिंह विजयी भइन्। उनले १२२ मत प्राप्त गरिन्। ...
बझाङमा चट्याङ लागेर ७८ वर्षीय वृद्धाको मृत्यु

बझाङमा चट्याङ लागेर ७८ वर्षीय वृद्धाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको वित्थडचिर गाउँपालिका–३ मा बुधबार साँझ चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको  छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पानीसँगै आएको चट्याङ लाग्दा ७८ वर्षीय धौली बोहराको मृत्यु भएको हो। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।...
बझाङमा दुई स्थानमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङमा दुई स्थानमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिका–९ स्थित पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा बुधबार साँझको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। यसैगरी, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ। सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको र सडक खुलाउनका लागि जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताएका छन्। प्रशासनका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको छ भने यात्रुहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।...
बझाङको थलारामा एआइ  प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

बझाङको थलारामा एआइ प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको छ। नेपाल सरकारको "क्षयरोग अन्त्य राष्ट्रिय रणनीति" अन्तर्गत थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको हो । चैत्र २६ गते वडा नं. २ र ४ मा १ सय ४७ जनाको स्क्रिनिङ गर्दा १६ जनामा क्षयरोगको सम्भावना देखिएको र ती सबैको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ। त्यस्तै, चैत्र २७ गते वडा नं. ३ र ८ मा गरिएको ३३९ जनाको स्क्रिनिङमा १० जनामा क्षयरोगको सम्भावना पाइएपछि उनीहरूलाई थप परीक्षणका लागि सिफारिस गरिएको छ। अभियानका संयोजक दिलीप ओलीका अनुसार, खोजपड्ताल अभियान चैत्र २९ गतेसम्म पालिकाका अन्य वडाहरूमा पनि निरन्तर जारी रहनेछ। यही अभियानको निरन्तरत...
बझाङमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न

बझाङमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न

Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
चैनपुर- बझाङमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आज सदरमुकाम चैनपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा ट्याक्टरहरुका समस्या र ट्याक्टर चालकले पालना गर्नु पर्ने नियम बारे जानकारी गराइएको थियोे । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनाका लागि सञ्चालित नव- प्रवर्तनिय कार्य अन्तरगत ट्याक्टर बहस कार्यक्रम आयोजना गरिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक युवराज भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा जयपृथ्वी नगरपालिका उपप्रमुख रतन बहादुर सिँह रहनु भएको थियाे । उक्त कार्यक्रममा सदरमुकाम स्थित ट्याक्टर धनी र चालकहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा सहभागीहरूलाई डिएसपी भण्डारीले ट्याक्टर बाट दुर्घटना कसरी र के कारणले हुन्छ यसको न्युनिकरण गर्न के के उपाए अप्नाउनु प...
बझाङमा पहिलोपटक मुङखेती परीक्षण

बझाङमा पहिलोपटक मुङखेती परीक्षण

Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- कृषि प्राविधिकहरूका अनुसार मुङ न्यानो हावापानी सहने बाली हो। यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ। सामान्यतया तराईमा उत्पादन हुने मुङखेती यहाँ पनि परीक्षण गरिएको छ। कोसेबालीअन्तर्गत पर्ने मुङ र वसन्ते मकैखेती केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु गरिएको छ। समुन्द्री सतहबाट ९५० मिटरको उचाइमा अवस्थित झोतामा पहिलोपटक ‘सिड प्लान्टर’मार्फत बीउ रोपिएको हो। गाउँपालिकाले ६५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन्। उनले मुङखेतीबाट आम्दानी मात्रै नभई जमिन सप्रिने आशा गरेको बताइन्। खेतीले उर्वरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई फाइदा पुग्ने अपेक्षासहित मुङखेतीको परीक्षण गरिएको उनको भनाइ छ। जिल्लाका लागि नयाँ बाली भएकाले पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने तयारी ग...
बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट बझाङ- बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ केदारस्यूँ गाउँपालिका ९ झोतामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको हो । जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगिता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं १ का प्रदेशसभा सदस्य दमन बहादुर भण्डारी रहनुभएको थियोे । कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख , वडाध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद...
दुर्गाथलि ५ मा  ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु, २५ जना महिला सहभागी

दुर्गाथलि ५ मा ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु, २५ जना महिला सहभागी

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथली गाउँपालिका ५ मा ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुरकाे आयाेजनामा दुर्गाथली गाउँपालिका- ५ का महिलाहरुलाईका लागि उक्त तालिम सञ्चालन गरिएको हाे । आइतबार आजदेखि सो कार्यालयका बरिष्ठ सहजर्कता दशरथ जप्रेलकाे अध्यक्षतामा सञ्चालन भएको तालिममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहरा प्रमुख रहनु भएको थियाे । उक्त तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको छ । महिलाहरूलाई चुलोचौकोबाट बाहिरी ल्याएर स्वरोजगार तर्फ जोड्न तथा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो ।...
बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सुदूरपश्चिमको धार्मिक तथा ऐतिहासिक चर्चित बान्नीकी चैतली मेलाको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ मा लाग्ने उक्त मेलाको अवसरमा आदर्श युवा क्लब बान्नीकोटले बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार ६२० र द्वितीय टिमले ३५ हजार ६२० प्राप्त गर्नेछन् । टिम दर्ता समय २७ गते १२ बजेसम्म रहेको छ, भने खेल सोही दिन १ बजेबाट सुरु हुनेछ । टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कार प्रदान गरिने क्रिकेट संयोजक हिक्मत बोहराले जानकारी दिए । छ। टिम दर्ता गर्दा आफू बडामा बसोबास गरेको प्रमाण खुल्ने कागज अनिवार्य पेस गर्नुपर्नेछ। बान्नीकी चैतली मेलाको किंवदन्ती यो मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा लाग्न...
बझाङको जयपृथ्वी क्याम्पसबाट सभापतिमा अनेरास्ववियुका तिलकचन्द्रको उम्मेदवारी

बझाङको जयपृथ्वी क्याम्पसबाट सभापतिमा अनेरास्ववियुका तिलकचन्द्रको उम्मेदवारी

Breaking News 3, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको जयपृथ्वी नगरपालिका १० भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) सभापतिका लागि तिलकचन्द्र बोहराले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनितिबाट उदाएका बोहरा सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत आशन्न चैत्र २७ गते हुने स्ववियु चुनावमा अनेरास्ववियुका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका हुन । उनी अहिले अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र अनेरास्ववियु जयपृथ्वी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष समेत हुन् । लामो समयदेखी विधार्थी राजनितिमा होमिएका बोहराले विधार्थीहरुका हकहित र नमुना क्याम्पस बनाउने हेतुले सभापति पदमा उम्मेदवारी दिएका हुन । अहिले जयपृथ्वी बहुमुखी क्याम्पसमा उनको चर्चा चलिरहेको छ । यदि म स्ववियु सभापति भयो भने विद्यार्थीहरूका लागि पढ्दै कमाउदै अभियान सञ्चालन गर्ने , विपन्न आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रावास र छात्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज