बझाङ— बझाङको वित्थडचिर गाउँपालिका–३ मा बुधबार साँझ चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पानीसँगै आएको चट्याङ लाग्दा ७८ वर्षीय धौली बोहराको मृत्यु भएको हो।
घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

