Advertisement

बझाङमा पहिलोपटक मुङखेती परीक्षण

Advertisement

बझाङ- कृषि प्राविधिकहरूका अनुसार मुङ न्यानो हावापानी सहने बाली हो। यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ।
सामान्यतया तराईमा उत्पादन हुने मुङखेती यहाँ पनि परीक्षण गरिएको छ। कोसेबालीअन्तर्गत पर्ने मुङ र वसन्ते मकैखेती केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु गरिएको छ। समुन्द्री सतहबाट ९५० मिटरको उचाइमा अवस्थित झोतामा पहिलोपटक ‘सिड प्लान्टर’मार्फत बीउ रोपिएको हो।

गाउँपालिकाले ६५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन्। उनले मुङखेतीबाट आम्दानी मात्रै नभई जमिन सप्रिने आशा गरेको बताइन्।
खेतीले उर्वरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई फाइदा पुग्ने अपेक्षासहित मुङखेतीको परीक्षण गरिएको उनको भनाइ छ। जिल्लाका लागि नयाँ बाली भएकाले पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने तयारी गरिएको छ।

नयाँ बाली र धेरै फाइदा हुने आशामा कृषकहरू मुङखेतीतर्फ उत्साहित भएको कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरुले बताए। उनले भने, ‘माटोको उर्वरा बढ्ने र आम्दानीको गतिलो माध्यम बन्न सक्ने हुँदा कृषकहरू उत्साहित भएका हुन्।’ पनेरुका अनुसार हातले नै रोप्दा गहिरो हुन सक्ने भएकाले सिड प्लान्टरमार्फत रोपिएको हो।
मुङको बीउ ४–५ सेन्टिमिटर गहिरो रोप्दा बीउको उमारशक्ति राम्रो हुने गर्छ। यदि माथिलो भाग सुक्खा छभने बीउ रोप्न थोरै गहिरो बढाउन सकिने र धेरै गहिरो भयो भने पनि उमारशक्ति राम्रो नहुने प्रमुख पनेरु बताउछन्।
उनले बीउ रोप्नुअघि नाइट्रोजन, फस्फोरस र पोटास छर्कंदा उमारशक्ति राम्रो हुने बताए। त्यसका लागि झोतामा गँड्यौला मल र पिनाको मल प्रयोग गरिएको उनले बताए। प्रशस्त प्राङ्गारिक पदार्थयुक्त बलौटे वा चिम्टाइलो दोमट माटोमा मुङको उत्पादन राम्रो मानिने हुँदा उपयुक्त ठाउँ झोता छनोट गरिएको उनको भनाइ छ।
मुङले मानव शरीरलाई आवश्यक तत्व पर्याप्त मात्रामा पाइने बताइन्छ। कृषि ज्ञान केन्दका कृषि प्राविधिक जनक सिंहले कृषक उत्साहित हुँदैमा सबैलाई एकैपटक बीउ बाँड्न नसकिने र परीक्षण सफल भएपछि मात्रै ठाउँ हेरेर यस खेतीतर्फ आकर्षित गरिने बताए।
उनले भने, ‘मुङको दालबाट भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘के’ सँगै सोडियम, फलाम, क्याल्सियम, फस्फोरस, पोटासियम पनि प्रशस्तै मात्रामा पाउन सकिन्छ।’ मुङको बोटमा भएको सूक्ष्म जीवाणुले वायुमण्डलमा भएको नाइट्रोजन सञ्चित गरी बिरुवालाई नियमित रूपमा नाइट्रोजन उपलब्ध गराउने हुँदा पनि यो बाली बझाङमा अपरिहार्य भएको उनले बताए।
मुङको नलबाट प्राप्त हुने मलले धानको उत्पादनसमेत बढ्ने कृषि प्राविधिक सिंह बताउछन्। केदारस्यूँ गाउँपालिकाले सुरुआत गरेको मुङ उत्पादन परीक्षण कार्यक्रममा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम र कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ। -रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज