बझाङ— बझाङको केदारस्यूँ गाउँपालिका–९ स्थित पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा बुधबार साँझको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
यसैगरी, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको र सडक खुलाउनका लागि जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताएका छन्।
प्रशासनका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको छ भने यात्रुहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

