बझाङ- बझाङमा १५ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न भएको छ । यहीँ चैत २४ गतेदेखि केदारस्यूँ गाउँपालिकाको झोतामा रहेको भैरव माध्यामिक विद्यालयमा सञ्चालन भएको प्रतियोगिता आज बिहिबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि केदारस्यूँ गाउँपालिकाले हात पारेको छ । १९ स्वर्ण, ८ रजत, २ काँस्य सहित २९ वटा पदक ल्याएर उपाधि हात पारेको हो । यसैगरि प्रतियोगितामा द्धितिय जयपृथ्वी नगरपालिका भएको छ । १० स्वर्ण, ४ रजत, ६ काँस्य सहित २० वटा पदक ल्याएर द्धितिय भएको हो ।
छबिसपाथिभेरा गाउँपालिकाले ३ स्वर्ण, ६ रजत , र ३ काँस्य सहित १२ पदक ल्याएर तृतिय स्थान हासिल गरेको छ । यस्तै खप्तडछान्ना गाउँपालिकाले ३ स्वर्ण, ५ रजत, ३ काँस्य, सहित ११ पदक , बुङ्गल नगरपालिकाले २ स्वर्ण, २ रजत, २ काँस्य, सहित ६ पदक , सुर्मा गाउँपालिका २ स्वर्ण, २ रजत, १ काँस्य सहित ५ पदक , थलारा गाउँपालिकाले १ स्वर्ण, ३ रजत, ४ काँस्य सहित ८ पदक, दुर्गाथलि गाउँपालिकाले १ स्वर्ण २ रजत १ काँस्य सहित ४ पदक , र तलकोट गाउँपालिकाले १ स्वर्ण १ रजत १ काँस्य गरि ३ पदक प्राप्त गरेको छ । यस्तै उता बित्थडचिर गाउँपालिकाले ५ काँस्य, साइपाल गाउँपालिकाले १ काँस्य मष्टा गाउँपालिकाले पनि १ काँस्य प्राप्त गरेको जिल्ला खेलकुद समितिले जनाएको छ ।


