सरकारले CMA को माग सम्बोधन नगरे अदालत जाने चेतावनी
नेपाल सी.एम.ए.सङ्घले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ ।
उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका सी.एम.ए.ले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् ।
नेपाल सी.एम.ए. सङ्घ जिल्ला कार्यसमिति बझाङ को तेस्रो जिल्ला कार्यसमेतिको बैठक मा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा बिहान देखि बेलुकी सम्म एउटा स्वास्थ्यकर्मी (CMA) को भरमा कुष्ठ रोग,क्षयरोग लगायत सबै किसिमको औषधि वितरण गर्न पाउने तर त्यहीँ स्वास्थ्यकर्मी ले निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको जिल्ला अध्यक्ष कृष्ण बहादुर गुर्धामीले बताउनु भएको छ ।
बझाङमा दर्ता फार्मेसी पसल १ मात्रै बुंगल फार्मेसी रहेको र बाँकी सबै ले राज्यको घरीघरी दबाब ले डर ले कानुन बिपरित अरुको डकुमेन्ट किनेर ,भाडामा झुन्डिएर ब...








