Advertisement
Wednesday, July 9

एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

Advertisement

नेकपा एमालेका युवा नेता ऐन महरले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज युवा नेता महरले नगद ५ हजार सहयोग गर्नुभएको हो ।

“हामिले आफ्नो तर्फबाट पिडितलाइ सानो भएपनी मलम लगाउने काम गरेका हौँ” महरले सहयोग गर्दै भन्नुभयो । नेता महरले अरुलाइ समेत सहयोग गर्न अपिल गर्नुभएको छ ।

उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लगाएत देशका ठल्ठुुला अस्पतालहरुमा उपचार गराउदा गराउदै करिब १५ / २० लाख खर्च भइसकेको हुनाले अहिले उपचारमा समस्या भएको हो ।

उपचारको लागि भएभरको सम्पती बेचिसकेका बोहोराको हेरचाहका लागि १० वर्षिय छोरा साथमा हुनुहुन्छ । बुवालाई सञ्चो भएपछि पढाइ सुरु गर्ने सोचमा रहेका बालक अहिले बुवाको अवस्था नाजुक बन्दै गएपछि निकै समस्यामा परेका छन् ।

उनले बुवाको उपचारका लागि धेरै पैसा लाग्ने तर आफुहरुलाई खानबस्न समेत समस्या भैरहेकाले सहयोगको लागि अपिल गरेका हुन् । अहिले देश विदेशबाट आर्थिक संकलन कार्य भैरहेको छ ।
पिडितलाई आर्थिक सहयोगको गर्नका लागि
Ac name- Kamana television pvt ltd
ac no. – 18801010010849
Bank name- global ime bank pvt ltd
Esewa ID – 9865747237

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज