Advertisement

समाचार

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

खेलकुद, समाचार
यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे युएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जाेडे । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए । अब नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छना...
डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटी, समाचार, सुदूरपश्चिम
डोटी : डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका अनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।...
यात्रुलाई धनगढीबाट  पलिया लगेर अलपत्र पार्दै नेपाली बस समिती, सञ्चालक सम्पर्क बिहिन

यात्रुलाई धनगढीबाट पलिया लगेर अलपत्र पार्दै नेपाली बस समिती, सञ्चालक सम्पर्क बिहिन

कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली को अस्थायी राजधानी तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा बाट भारतको बेङ्ग्लोर शहर जानका लागि ल्याएका नागरिकलाई बस समितिले पलियामा अलपत्र पारेका छन । कार्तिक १३ गते बुधबार विभिन्न समिती मार्फत टिकट काटेर रोजगारको शिलशिलामा भारतको बेङ्ग्लोर जानका लागि जनही ३५०० भारतीय रुपैया तिरेर आएका नागरिकलाइ पलियामा अलपत्र पारेको हो । " कैलाली को घोडाघोडी नगरपालिका वार्ड न ६ घर भएका कल्पना बिक ले भने आफू सहित भाइलाई भारत लगेर जानको लागि १६ हजार ८ सय को ३ टिकेट काटेर आएको भए पनि समितिले अलपत्र पार्दा आफुले चिसो आकासमा रात बिताउन परेको बताएका छन । धनगढीका विभिन्न बस समितिले आफ्ना मान्छे मार्फत करिब ३ सय देखि ४ सय सम्मका नागरिकलाइ पलियामा अलपत्र पारेको हो "उनले बताएका हुन । आफुले अछाम होटलको भित्र रहेर बस काउन्टर चलाए टिकट काटिरहेको श्री केदार टुर एण्ड ट्रावल्स मार्फत ३५०० भारतिया ...
टी–२० विश्व कप छनोटमा आज नेपाल र मलेसिया खेल्दै

टी–२० विश्व कप छनोटमा आज नेपाल र मलेसिया खेल्दै

खेलकुद, समाचार
आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।...
भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो। रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए। दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ।...
साईपालमा पुर्णिामा मेलाको पुर्ण तयारी

साईपालमा पुर्णिामा मेलाको पुर्ण तयारी

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे साईपाल गाउँपालीकामा पुर्णिामा मेलाको पुर्ण तयारी भएको छ । दशैकाे पाच दिन पछि लाग्ने याे मेला निकै रमाइलो हुने गर्छ । जिल्लाकाे शिल्देवी मेला सँगसँगै साईपाल गाउँपालीकामा पनि मेला लाग्ने गर्छ । जसमा आज पहिलो दिन यस मेलामा बेलुकी सास्कृतिक कार्यक्रम गर्ने गरिन्छ भने दाेस्राे दिनमा डेउडा खेल हुने गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए । पुर्णिामा मेला सधैं झै काडा माध्यामिक बिद्यालयकाे प्राङ्गणमा सुरु भएको छ । विभिन्न प्रदर्शन सहित आज पहिलाे दिन स्थानीय सास्कृतिक कार्यक्रम रहेकाे छ । मेलामा डेउडा प्रतियोगिता महिला पुरुष भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम रहेका छन । करिब एक हप्ता सम्म मला सञ्चालन हुने गरेको स्राेतकाे भनाइ छ ।...
मुगुमा एकै परिवारका ४ जना मृत भेटिए,अनुसन्धान चल्दै

मुगुमा एकै परिवारका ४ जना मृत भेटिए,अनुसन्धान चल्दै

मुख्य समाचार, समाचार
मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्। उनीहरूको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। ‘आजै शव भेटिएको जानकारी आएको छ, घटना कहिलेको भन्ने अनुसन्धान हुन बाँकी छ,’ उनले भने। मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए। थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।...
गोरखामा पिङबाट लडेर एक महिलाको मृत्यु

गोरखामा पिङबाट लडेर एक महिलाको मृत्यु

मुख्य समाचार, समाचार
गोरखा :गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए । (अन्लाईन खबर)...
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दशैँंको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दशैँंको शुभकामना

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, राजनीति, समाचार
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्। विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्वपूर्ण रहेको बताए। “नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्री दाहालले विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर...
इजरायलमा मारिएका आशिष चौधरीको सोमवार कैलालीमा अन्त्येष्टि

इजरायलमा मारिएका आशिष चौधरीको सोमवार कैलालीमा अन्त्येष्टि

कैलाली, समाचार, सुदूरपश्चिम
मिलन साउँद धनगढी : इजरायलमा मारिएका आशिष चौधरीको सोमवार कैलालीमा अन्त्येष्टि गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँका २६ वर्षीय आशिष चौधरीको सोमवार सोहि गाउँको घैला खोलामा अन्त्येष्टि गरिएको हो । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका चौधरीको हमासको आक्रमणमा परेर मृत्यु भएको हो। मृत्यु भएकाध्ये चार जनाको शवसहित चौधरीको शवलाई पनि  हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो। हिजो शव पाएका परिवारले आज चौधरीको अन्त्येष्टि गरेका छन्।  ...
अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु

अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु

कैलाली, खेलकुद, समाचार, सुदूरपश्चिम
धनगढी: अपांगता भएका व्याक्तिहरुका लागि अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका विच कार्यक्रमकाे उद्घघाटन भएको हाे । धनगढीमा रहेकाे वाल्मीकि ईन्टरनेस्नल स्कुलमा २७ / २८ गतेका लागि कार्यक्रम सुरुभएकाे सामाजिक बिकास मन्त्रीका स्वकीय सचिव राजेन्द्र साउदले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ अपांगता भएका ब्याक्तिहरुका लागि ह्रिलचेयर बास्केटबल प्रतियोगिता राखिएको स्राेतकाे भनाइ छ । आज सामाजिक विकास मन्त्री झपट बहादुर साउदले एक कार्यक्रमका विच उद्घघाटन गर्नु भएको हाे । कार्यक्रम प्रदेश स्तरीय रहेकाे छ । जसमा ह्विलचेयर बास्केटबल प्रतियोगिता खेलमा लुम्बिनी प्रदेस कर्णाली प्रदेश सु,प प्रदेस गरि जम्मा ४ वटा टिम प्रतिस्पर्धामा भएको हाे ।...
मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा उर्मिला भण्डारीलाई सहयाेग.

मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा उर्मिला भण्डारीलाई सहयाेग.

कैलाली, समाचार
कैलाली जिल्ला माेहन्याल गाउँपालिका वडा नं 06 घर भएका हिक्मत प्रसाद भण्डारी की 14 वर्षे जेठी छोरी उर्मिला भण्डारी केहि दिन देखि ब्लड क्यान्सर रोगबाट पीडित भई कान्ती बाल अस्पतालमा उपचारत रहेको बेला उहाँलाई आर्थिक सहयोग होस् भनेर मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा केहि आर्थिक सहयोग गर्नु भएको छ। उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस समितिका अध्यक्ष टिकाराम तिमिल्सेनाले 2100 रुपैयाँ आर्थिक सहयोग भरत रिमाल लाई हस्तान्तरण गर्नु भएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज