Advertisement

बजेट न्यून भएको कारणले सोचेजस्तो काम गर्न सकिएनः मन्त्री आचार्य

Advertisement

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे। उनले बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिएको बताए ।

‘खासगरी यो मन्त्रालयले धेरै कामहरु आफै गर्नसक्ने अवस्था छैन। किनभन्दा बाल विवाहका कुराहरु उठ्छन। त्यो गृह मन्त्रालयले हेर्नुपर्ने। स्वास्थ्य समस्याका कुराहरु स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने,’ उनले भने, ‘विभिन्न मन्त्रालय यसमा जोडिएको छ। सामाजिक सुरक्षा भत्ताका कुरा त्यो श्रम मन्त्रालयले हेर्नुपर्ने। यसले गर्दाखेरी पनि अलिकति अन्योलको अवस्था छ। खासगरी यो मन्त्रालयमा बजेटको अभाव नै प्रमुख कारण पनि हो।’

उनले बाल सुधार गृहको क्षमता वृद्धि गर्ने काम आवश्यक भएपनि त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो समेत गरे।

‘बजेट अत्यन्त न्यून भएको कारणले पनि हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरू, योजनाहरू सम्पन्न गर्नसक्ने अवस्था पनि छैन। बाल सुधार गृहका कुराहरु गर्दा बालसुधार गृहमन्त्री, जो देशभरी ८ वटा छन्,’ उनले भने, ‘४ वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ। र, बाँकी ४ वटा यूसेफ भन्ने एउटा संस्थाले त्यसको व्यवस्थापन हेरेको छ। त्यहाँ क्षमताभन्दा बढी बच्चाहरूको संख्या छ। त्यसले त्यसको संख्या बढाउनुपर्ने आवश्यक्ता छ। अर्थ मन्त्रालयले बजेट नदिएको कारण त्यो काम गत वर्ष पनि हुन सकेन।’

राकेश खड्का

राकेश खड्का कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको व्यवस्थापक हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज