काठमाडौँ- बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्।
शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी पत्नी चढेको कोटेश्वरमा खटिएका ट्राफिक प्रहरीले बताए।
श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाको आधा घन्टापछि बालेन शाहको सिंहदरबार जलाइदिने स्टाटस सामाजिक सञ्जालमा आएको हो।
बिदाको दिन सरकारी गाडी चलाएको तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताए।
आफ्नी श्रीमती चढेको गाडी रोकिएपछि बालेनले काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतलाई पनि यसबारे सोधेका थिए।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३