बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको ज्यान गएको हो ।
बुधबार बेलुका जङ्गली च्याउको तरकारी पकाएर खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका हुन । गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बिच बाटोमै ज्यान गएको छ ।
११ वर्षिय छोरा सुदिपलाई आज विहिबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा अवस्था गम्भिर भएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । आमा पुनी कठाएतलाई भने उपचार पछि घर पठाइएको वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले जानकारी दिनुभयो ।


