Advertisement

समाचार

कैलालीमा एक गोठमा आगलागी हुँदा ६ लाखको क्षति 

समाचार
धनगढी - कैलालीमा एक गोठमा आगलागी भएको छ।  लम्कीचुहा नगरपालिका–८ बचैलाका लछीराम विष्टको गोठमा आज दिउँसो आगलागी भएको हो। गोठ र नजिकैको परालमा आगलागी हुदा करिब ६ लाख बराबरको क्षती भएको जनाइएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती नपुगेको कैलाली प्रहरीले जनाएको छ। 

डडेल्धुराको भागेश्वरका ५ उद्यमीलाई पालिकाद्वारा सम्मान

समाचार
डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिकाले पाँज जना उद्यमीलाई सम्मान गरेको छ।  गाउँपालिकाले नवौं उद्योग दिवसको अवसरमा पालिकाभित्रका विभिन्न वडाबाट एक/एक जना गरेर पाँच जना उद्यमीलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। ‘स्वदेशी उत्पादन उद्यमीको सम्मान’ भन्ने नारासहित वडा–१ को पोलेक अल्लो प्रशोधन साझा सुविधा केन्द्रका उद्यमी करिश्मा थापा मगर, वडा–२ स्थित बुढामगर सिलाई सेन्टरका सञ्चालक कौशिला बुढामगर, वडा–३ स्थित मंगलेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक मानसिंह मडै, वडा–४ स्थित अशिग्राम कृषि तथा पशुपालन फर्मका सञ्चालक प्रेम नाथ र वडा–५ स्थित करिना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टेकसिंह चाडलाई सम्मान गरिएको हो। शनिवार एक कार्यक्रमकाबीच उद्यमीहरुलाई गाउँपालिका अध्यक्ष हेमराज चटौतले प्रतिव्यक्ति दुई हजार नगदसहित सम्मान पत्र प्रदान गरेको बता...

एनएसएलमा पोखराले चितवनलाई हरायो

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ । पोखराका मार्की प्लेयर आयुश घलानले पहिलो जितले उत्साह दिएको बताए । ‘हाम्रो लक्ष्य लिग जित्ने नै हो, पहिलो खेल जितेपछि त्यसले उत्साह दिएको छ’, उनले भने । म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।...

सुदूरपश्चिममा लगानी एवं विकास सम्मेलनको आयोजना हुँदै 

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा लगानी एवं विकास सम्मेलनको आयोजना हुने भएको छ ।  आगामी फागुन २३ र २४ गते हुन लागेको लगानी एवं विकास सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएको छ। सातै प्रदेश मध्ये सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको आयोजना गर्न लागेको हो। सुदूरपश्चिम प्रदेशमा लगानी प्रवद्र्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले बताए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री दाहाललाई भेटेर लगानी एवं विकास सम्मेलनको लागि संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताएका थिए। सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउन पहल गर्न र लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले सहयोग गर्न प्रध...

सुदूरपश्चिम महोत्सव धनगढीमा २२ गतेदेखि सुरु हुने

समाचार
धनगढी -  कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा सुदूरपश्चिम महोत्सवको आयोजना गर्ने भएको हो। महोत्सवको तयारीका लागि कैलाली उद्योग वाणिज्य संघले ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ।  अहिले महोत्सव स्थललाई जस्ता पताले घेरबार गर्ने काम हुँदैछ। महोत्सवका संयोजक समेत रहेका कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवर शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी थालिएको बताए। उनले चार सय स्टल रहने महोत्सवबाट १० करोडको कारोबार हुने बताएका छन्। पाँच लाखले महोत्सवको अवलोकन गर्ने दाबी कैलाली उद्योग वाणिज्य संघको छ। १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा समेत विद्यार्थीबाट ५० रुपैयाँ र अन...

केपी ओली कप टी–२० क्रिकेटमा कर्णालीको पहिलो जित

समाचार
कैलाली - केपी ओली कप टी–२० क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।  आजको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।  जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर एक बलमा ६ विकेट गुमाउँदै भेट्टायो । हिजो भएको खेलमा बाग्मतीले कर्णालीलाई ९० रनले र अस्ति भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले हराएको थियो । बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ। त्यस्तै, आज हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच दिउँसो एक बजे खेल हुनेछ । हिजो भएको खेलमा एपीएफलाई हराउँदै गण्डकीले विजयी शुरुवात गरेको छ । केपी ओली कप पोखरा रङ्गशाल...
महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत?

महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत?

समाचार
यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो। युवावस्थामा प्रवेश गरेका युवतीहरुमा एउटा नयाँ धारणा बन्नेगर्छ कि यौनसम्पर्कको समयमा अत्यधिक दुखाइ हुने गर्छ। यस्ता कुराहरु यौन शिक्षा पुगेको ठाउँमा यौन शिक्षाको माध्यमबाट थाहा पाउने गरिन्छ भने यौन शिक्षा नपुगेको ठाउँमा दिदी, भाउजु जस्ता सम्बन्धबाट यो दुखाइको बारेमा यौनसम्पर्क राख्नुपूर्व यस्तो धारणा बनाउँछन्। यौन सम्बन्धको क्रममा महिलाको यौनीबाट रगत निस्कन सक्छ। जसले गर्दा पनि महिलाहरुमा थप भय र आशंका उत्पन्न गराउँछ। त्यसो त कतिपय महिलाहरु यस्तो पनि हुन्छन् जो प्रशवको समयमा होस् या यौन सम्पर्कको समयमा समेत आवाज नै निकाल्दैनन्। उनीहरुमा उत्तेजना कम हुने र आर्गेजम...

बझाङ को मस्टा गाउपालिका मा जनप्रतिनिधि को मनोमानी

समाचार
बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको  विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्षको चैत्र मा खरिद गरेका ३ ओटा मोटरसाइकल मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ ।  मोटरसाइकल खरिद गरेको ३५ दिन भित्र सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः  १ र २ का वार्ड अध्यक्ष  रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग १ वर्ष  बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन ।  पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । सम्पुर्ण घरायसी काम देखि बिदाका दिनहरुमा पनि मोटरसाइकल प्रयोग भैरहेको एक जना स्...

विपिन जोशीको रिहाइमा सघाउन कतारसँग प्रधानमन्त्रीको आग्रह

समाचार
कैलाली - प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग हिजो भएको भेटमा प्रधानमन्त्रीले उक्त आग्रह गरेका हुन् । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे । यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिएका छन् । हिजोदेखि शुरु भएको चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले इजरायलसँग पनि आग्रह गरेको ...

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो दिन आज दुई खेल हुँदै छन् ।  पहिलो खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।  खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ । आज हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटलव लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे हुनेछ ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाचार
कैलाली - पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको हो । शुक्रबार साढे तीन बजेतिर पूर्वखोला-५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।...

चिसोका कारण हालसम्म १३ भूकम्पपीडितको मृत्यु

समाचार
कैलाली - चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन्।  हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाएका हुन्। १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका पीडितहरु मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन्।  पीडितहरुमा रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज