बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्षको चैत्र मा खरिद गरेका ३ ओटा मोटरसाइकल मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ ।
मोटरसाइकल खरिद गरेको ३५ दिन भित्र सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः १ र २ का वार्ड अध्यक्ष रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग १ वर्ष बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन ।
पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । सम्पुर्ण घरायसी काम देखि बिदाका दिनहरुमा पनि मोटरसाइकल प्रयोग भैरहेको एक जना स्थानीय श्याम खड्का (परिवर्तित नाम) ले जानकारी दिएका छन । उनले भनेका छन “आफै एउटा जिम्मेवार ब्यक्ति भएर यस्ता गैरजिम्मेवार कार्यहरु गर्ने जनप्रतिनिधि हरु बाट के आश गर्ने ? यस्ता अनैतिक कार्यहरु रोकिएन भने समाज कहिले अगाडी बढ्न सक्दैन ।”
सेतो नम्बर प्लेट लगेपछी मनपरि तरिकाले सवारी साधन प्रयोग गर्न नपाइने भएकाले करिब १ वर्ष सम्म सेतो नम्बर प्लेट नलिइएको कुरा सिधै अनुमान गर्न सकिन्छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३