Advertisement

समाचार

पोर्चुगलमा साथीले छुरा प्रहार गर्दा एक नेपाली युवकको मृत्यु

समाचार
कैलाली - आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जनाइएको छ । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे परिवारलाई जानकारी गराइएको बताइएको छ । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।  मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्र...

बर्दियाको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

समाचार
कैलाली - बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।  राती सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको हो । गुलरिया नगरपालिका वडा नं ४ तुलापुरको एक घरमा राति करिब १० बजे आगलागी भएको थियो ।  सदरमुकाम नजिकै भएको आगलागीमा परि डेढ वर्षीय कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीया मानषी बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २८ वर्षीया करिस्मा चन्द आगलागीमा परि घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।  आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले बताए ।...

संगीतकी देवी भन्दै रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ

समाचार
कैलाली - बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेललाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकाको पाउ छोएर सम्मान दर्शाए । आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि रणवीर र अभिनेत्री रश्मिका मन्दाना इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् । मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्शाए । रणवीरले साक्षत देवी भन्दै निहुरिएर मेनुकाको पाउ छोए । मेनुकालाई अँगाल्दै उनले भने, ‘मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशिर्वाद लिन चाहन्छु । जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ । श्रेयाजीलाई देवी भन्छौं । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ ।’ साथै रणवीरले मेनुकाको लागि भोट पनि मागे ।...

बझाङमा जिप दुर्घटना हुँदा दुई जना घाइते 

समाचार
कैलाली - बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार दिउँसो जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन् । घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ ।  उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जनाइएको छ । जिप छबिसपाथिभेरा गाँउपालिका–५ खतेडामा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।...
समाचार प्रभाव- डिएसपीले गरे बन्दुक पड्काउन दिने असईलाई तुरुन्तै निलम्बन

समाचार प्रभाव- डिएसपीले गरे बन्दुक पड्काउन दिने असईलाई तुरुन्तै निलम्बन

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गत कार्तिक ६ गते बझाङको छबिसपाथिभेरा वार्ड नम्बर ३ पाटागाउँमा आफ्नो बन्दुक अरुलाई पड्काउन दिने असई पुस्कल चन्द निलम्बित भएका छन् । हिजो मंसिर ७ गते कामना टेलिभिजनमा ´प्रहरी ले बन्दुक दिए, पुर्व गाउँपालिका अध्यक्ष अक्कल धामिले बन्दुक पड्काए, डिएसपी मुकदर्शक` भन्ने शीर्षकको समाचार प्रशारण भएपश्चात् सो कुरामा जिल्लाका डिएसपी भरत शाहले चासो दिइएको हो । ´मलाई पहिला यो घटना थाहा थिएन थाहा भएको भए म उतिबेला नै निलम्बित गर्थेँ । अहिले थाहा भयो र निलम्बनका लागि पत्र पठाई उहाँ निलम्बन हुनुभएको छ । ` डिएसपी शाह ले कामना टेलिभिजन संग भन्नुभयो । बन्दुक पड्काउन दिएका असई चन्द निलम्बित भएपनी बन्दुक पड्काउने पुर्व गाउँपालिका अध्यक्ष अक्कल धामिलाई भने हालसम्म कुनै कार्वाही भएको छैन । प्रदेशमा पत्र पठाएको र एसपी को कमाण्डमा अनुसन्धान सदस्य गठन भइसकेपछि उहाँलाई पनि कानुन अनुसार कार्वाही हुने कुरा ड...

कञ्चनपुरमा भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना पक्राउ

समाचार
कैलाली – कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ । आज शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले शालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको बताए । ‘तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ’, प्रवक्ता डाँगीले भन्नुभयो, ‘उनीहरूको नामावली सङ्कलनलगायत काम पन...

कैलालीमा एक गोठमा आगलागी

समाचार
धनगढी - कैलालीमा एक गोठमा आगलागी भएको छ।  बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका रघु देवकोटाको टिनले छाएको दुई तले दुई कोठे गोठमा आगलागी भएको हो। आगलागीबाट करिब ४० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।   आगलागीबाट मानवीय तथा चौपायको क्षती भने नभएको जनाइएको छ।...

दुर्गा प्रसाईँलाई थुनामा राख्न खोजेको भन्दै सर्वोच्चमा रिट

समाचार
कैलाली - दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन परेको छ । प्रसाईको राष्ट्र बचाउ अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो । त्यसक्रममा झडप समते भएको थियो । प्रसाईँले तीनकुनेमा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्दै नेता र बैंकका सीईओहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि गृह प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।  तीनकुने क्षेत्रमा प्रदर्शन गर्न जम्मा भएकाहरुलाई पक्राउ गरेको छ भने प्रसाईको घर परिसरमा समेत सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रसाईँले भने आफूलाई घरमै नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दायर गराएका छन् । प्रसाईँको तर्फबाट डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिट निवेदनमा धरपकड, भेटघाटमा आएकाहरुलाई केरकार गरेर राज्य आतंक सिर्जना गरेको दाबी गरिएको छ ।...

कञ्चनपुरमा भीमदत्तको शालिक तोडफोड : दुई जना पक्राउ

समाचार
कैलाली - कञ्चनपुरको महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क)मा भीमदत्त पन्तको शालिक तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पन्तको शालिक तोडफोड गर्ने दुई जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। उनीहरूको नाम खुल्न भने बाँकी छ।  राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्तर्गत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका थिए। तोडफोडबाट शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ। सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन्।...

जीप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

समाचार
कैलाली - रुपन्देहीमा जीप  र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।...

धनगढीका ४ वडामा ‘एकीकृत मोबाइल एप’ सुरु

समाचार
धनगढी - धनगढीका चारवटा वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ। जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो।  एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्न सक्ने जिआइजेटका जीवन श्रेष्ठले बताए। पालिकाले कुनै पनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बोरेमा एकीकृत रूपमा जानकारी पाइने उनले बताए।  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताइन्। उनले उपमहानगरबाट प्रवाह हुने सेवाका बारेमा सेवा ग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको बत्ताइन्। उपप्रम...

बाघको आक्रमणबाट एक युवकको मृत्यु

समाचार
कैलाली - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका-१, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ।  आज बिहान ९ः४५ बजे बाघको आक्रमणबाट उनको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। उनी मकवानपुरको मनहरी गाउँपालिका-६, लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएका थिए। घाँस काटिरहेका वेला बाघले आक्रमण गरेको तिवारीले बताए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज