डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाले पाँज जना उद्यमीलाई सम्मान गरेको छ।
गाउँपालिकाले नवौं उद्योग दिवसको अवसरमा पालिकाभित्रका विभिन्न वडाबाट एक/एक जना गरेर पाँच जना उद्यमीलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए।
‘स्वदेशी उत्पादन उद्यमीको सम्मान’ भन्ने नारासहित वडा–१ को पोलेक अल्लो प्रशोधन साझा सुविधा केन्द्रका उद्यमी करिश्मा थापा मगर, वडा–२ स्थित बुढामगर सिलाई सेन्टरका सञ्चालक कौशिला बुढामगर, वडा–३ स्थित मंगलेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक मानसिंह मडै, वडा–४ स्थित अशिग्राम कृषि तथा पशुपालन फर्मका सञ्चालक प्रेम नाथ र वडा–५ स्थित करिना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टेकसिंह चाडलाई सम्मान गरिएको हो।
शनिवार एक कार्यक्रमकाबीच उद्यमीहरुलाई गाउँपालिका अध्यक्ष हेमराज चटौतले प्रतिव्यक्ति दुई हजार नगदसहित सम्मान पत्र प्रदान गरेको बताए।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३