पत्रकार नहकुलको ‘नाजवाफ’ सार्वजनिक
धनगढी - पत्रकार नहकुल जोशीको उपन्यास नाजवाफ आइतबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।
आइतबार धनगढीमा आयोजित एक समारोहमा उक्त पुस्तकको विमोचन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्वारा उक्त उपन्यास सार्वजनिक गरिएको हो । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको यो पहिलो कृति हो ।
राज्यब्यवस्था परिर्वतनका निम्ती तत्कालिन खस साम्राज्यको योगदान र उपलब्धीमा आधारित रहि यहाँका समस्या, कुप्रथा, विकास निमार्ण र जनजीवनका बारेमा उपन्यासमा चित्रण गरिएको बताइएको छ
मायाप्रेम संगै विद्यमान मौसमी बसाईसराइ, छुवाछुत, छाउपडि, बहुपति प्रथा लगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउन्छन भन्ने कुरा उपन्यासमा गहन रुपमा आएको उक्त पुस्तकका समिक्षक अर्जुन शाहले बता...





