Advertisement

एलपीएल : टिकापुर सेमिफाइनलमा, गरुडाको विजयी सुरुवात

Advertisement

कैलाली – कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समूह ’बि’ बाट यूथ अफ टिकापुरले सेमिफाइनलमा स्थान समेत पक्का गरेको छ।

शनिवारको पहिलो खेलमा यूथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तिन वटै जितको साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। यूथ अफ टिकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए। यूथ अफ टिकापुरका सुमित महर्जनले २ विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १्१ विकेट लिए।

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै यूथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।टिकापुरको लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौँ विकेटको लागि ५५ रनको साझेदारी गरे।

कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील बिस्टले २्२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १्१ विकेट लिए। दिनको दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित गर्‍यो।

गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमान्चल एकेडेमीले २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट गुमाएर ७५ रन मात्र बनायो।सुदुरपश्चिमान्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। नरेश शाह, रुपेश सिंह र नितेश यादवले १्१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। गरुडाको लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। निश्चल बिक्रमले अविजित ४३ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे।

सुदुरपश्चिमान्चलको बलिङमा पारस सुनार र सन्दीप बिस्टले २÷२ विकेट लिए। प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १्१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिका बिच तथा दोस्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्सबीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज