कैलाली – टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँचको ‘लाइभ राउण्ड’ अर्को शुक्रबारदेखि सुरु हुँदैछ ।
शनिबार सकिएको नकआउट राउण्डबाट १२ प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन् ।
एकजना कोचको समूहमा तीनजना प्रतिस्पर्धी हुनेछन् ।
टीम प्रमोद खरेलबाट प्रशान्त शिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोर्गेन लिम्बु लाइभ राउण्डमा प्रवेश गरेका छन् ।
टीम राजेशपायल राईबाट मोनिका राई, हेन्जन मकर बहादुर र आश्विन राई प्रवेश गरे ।
टीम मिलन नेवारबाट फेथम ब्याण्ड, बिनोद राई र तृजा प्रधान लाइभ राउण्डमा प्रवेश गरेका छन् ।
टीम उदय सोताङबाट कुमार प्रयास, रोजिना बस्नेत र विवेक बस्नेत पनि आगामी चरणमा प्रवेश गरेका छन् ।
लाइभ राउण्डका लागि आफूलाई मनपर्ने प्रतिस्पर्धीका लागि दर्शकले भोट गर्न सक्नेछन् । भोटिङ पनि खुला भएको जनाइएको छ ।
यो चरणबाट जजको अधिकार दर्शकको हातमा पुगेको छ । दर्शकको भोटबाट विजेता चयन हुनेछन् ।
‘भ्वाइस अफ नेपाल’ हिमालय टिभी एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३