Advertisement

पत्रकार नहकुलको ‘नाजवाफ’ सार्वजनिक 

Advertisement

धनगढी – पत्रकार नहकुल जोशीको उपन्यास नाजवाफ आइतबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । 

आइतबार धनगढीमा आयोजित एक समारोहमा उक्त पुस्तकको विमोचन गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्वारा उक्त उपन्यास सार्वजनिक गरिएको हो । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको यो पहिलो कृति हो ।

राज्यब्यवस्था परिर्वतनका निम्ती तत्कालिन खस साम्राज्यको योगदान र उपलब्धीमा आधारित रहि यहाँका समस्या, कुप्रथा, विकास निमार्ण र जनजीवनका बारेमा उपन्यासमा चित्रण गरिएको बताइएको छ

मायाप्रेम संगै विद्यमान मौसमी बसाईसराइ, छुवाछुत, छाउपडि, बहुपति प्रथा लगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउन्छन भन्ने कुरा उपन्यासमा गहन रुपमा आएको उक्त पुस्तकका समिक्षक अर्जुन शाहले बताए । युद्ध साहित्य भित्र सामाजकि जनजीवनको तारकिक चित्रणले उपन्यास पठनिय रहेको उनको भनाई छ ।

हामीसबै एकै मानव हौं भन्ने भावनाको विकास समेत नभएको तर्फ उपन्यासले मुख्य रुपमा प्रश्न उठाएको लेखकले बताए । 

सुननन्दा मिडिया हाउसका निर्देशक अनिल शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी रहेका थिए भने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही विशेष अतिथि रहेका थिए । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया, पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रदेश प्रमुखको कार्यालयका सचिव पुष्कर खड्कालगायत समारोहमा विभिन्न क्षेत्रमा आवद्ध अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज