Advertisement

समाचार

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी 

समाचार
काठमाडौं - ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए । तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।...

धरानका मेयरले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

समाचार
धनगढी - धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् ।  संघीय सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएका हुन् । राईले बुधबार फेसबुकमा स्टाटस लेख्दै धरानलाई सरकारले उपेक्षा गरेको बताएका थिए । उनले ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु’ भन्दै फेसबुकमा लेखेका थिए । बिहीबार आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखेपछि उनी कार्यकक्षमा ताल्चा लगाएर बाहिरिएका थिए । उनले यसअघि पनि धरानलाई संघीय सरकारले महत्व नदिएको भन्दै स्वायत्तता प्रदान गर्न माग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ...

बाजुरामा एक रुख रोपे पाँच किलो चामल

समाचार
धनगढी - बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ ।  हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो ।  ‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताए ।  आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियान अन्तर्गत पालिकाका सबै वडामा फलफूल (कागती, स्याउ, ओखर, आँप, अनार), डाले घाँसका बिरुवा (बाँच, कुमु, डालेपिपल) गरी आठ प्रजातिका बिरुवा रोपिएका छन् ।  स्थानीय कृषकले आफ्नै बारी तथा सार्वजनिक जग्गामा सो बिरुवा रोप्दै आएका छन् ।  आव २०७७/७८ मा रुख रोपेर जोगाएबापत कृषकलाई दुई हजार एक सय क्विन्टल, २०७८/७९ मा एक हजार आठ सय क्विन्टल र २०७९/८० मा एक हजार सात सय क्व...

बाजुरामा जिप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

समाचार
धनगढी - बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जनाए । उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्  । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।  ...

भूकम्प प्रभावित क्षेत्रमा २८ हजार अस्थायी टहरा निर्माण 

समाचार
कैलाली - जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित क्षेत्रमा २८ हजार अस्थायी आवास (टहरा) निर्माण भएका छन् ।  भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा गरी पाँच जिल्लामा ८० हजार घर भत्किँदा १५३ जनाको मृत्यु भएको थियो ।  गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले भूकम्पले पूर्ण रूपमा क्षति पुगेका २८ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माण सम्पन्न हुने अवस्थामा रहेको बताए । बस्न नमिल्ने अवस्थाका थप ५२ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन गृह मन्त्रालयले प्रविधिकसहित सुरक्षाकर्मी परिचालन गरेको पनि भट्टराईले बताए ।  अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले दुई अर्ब २६ करोड रुपियाँ उपलब्ध गराइसकेको जानकारी दिए । उनले भूकम्पबाट क्षति पुगेका ८० हजार घरका ब...

अन्तर प्रदेश स्तरीय उसु प्रतियोगिता : सुदूरपश्चिमको ऐतिहासिक जीत

समाचार
धनगढी - हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक जीत हात पारेको छ। मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ। प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ। पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तर्गत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समूह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समूह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक तथा कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु सहायक प्रशिक्षक तथा अन्तरराष्ट्रिय प्रशिक्षक रतन खातिले बताए। यसैगरी पुरुष तर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ७५ र ८० किलो तौल सहुम बिच प्रतिस्पर्धा गर...

भारतमा भारी बोकेर घरखर्चको जोहो गर्दै बझाङका बोहरा 

समाचार
पिथौरागढ (भारत) - बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन् । ऊनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन् ।  पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउँछन् ।  “नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिकै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले भने । उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे ।  पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उनले जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भने ।  नेपालमै पसिना बगाउने आफ्नो रहर भएपनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दु...
सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन थ्रेटर रुम सँचालनमा  ! !  

सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन थ्रेटर रुम सँचालनमा  ! !  

समाचार
धनगढि कैलालि : सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन रुम OT सेवा सचाँलन मा आउने भएको छ । बिगत का दिन मा सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्न झण्डै तीन वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता भएता पनि अब छिट्टै यो समस्या समाधान हुने नयाँ नियुक्त्त मेसु  डा शेर बहादुर कमर ले बताउनु भयो । अहिले अस्पतालमा जनरल सर्जरी गर्न पालो पर्खनेको संख्या सबैभन्दा बढी छ। सेतीमा अहिले जनरल सर्जरी, युरो, न्यूरो, नाक, कान र घाँटी, गाइने र दाँतको शल्यक्रिया हुने गरेको छ।  जनशक्ति तथा ओ टि ठाँउ को अभाब मा  अन्य सर्जरी गर्ने बिरामीको पालो दुई महिनामा आउने भए पनि जनरल सर्जरी गर्न भने लामो समय पालो पर्खनु पर्ने बाध्याता रहेको भएता पनि अब छिट्टै नयाँ बनिरहेको अपरेसन रुम ले यो समस्या समाधान हुने मन्त्री झपट साउद साँउद ले जानकारि दिनु भएको छ । अन्य पहाडि जिल्ला अष्प्ताल हरु मा MD डा को दर्बन्...

एनसेल खरिद–बिक्रीको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

समाचार
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताइन् । उनले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै  दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिइन् । “अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यादेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उनले भनिन्, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।”   गत मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिद बिक्रीका वि...

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

समाचार
कैलाली - सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६५०.१४ रूपियाँ निर्धारण गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताए । यसैगरी, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।...

धनगढीमा एक अर्ब लागतमा नयाँ बसपार्क बन्दै

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।  उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।  नयाँ बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । धनगढी–३, स्थित बसपार्क निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको उनले जानकारी दिए । यसै महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख हमालका अनुसार बसपार्क निर्माणमा करिब ९९ करोड ३५ लाख रुपैयाँ लाग्ने स्टिमेट छ । बसपार्कमा दुईतले टर्मिनल भवनका साथै लामो, मध्यम र छोटो दूरीमा चल्ने सवारीसाधन पार्किङको छुट्टाछुट्टै क्षेत्र बनाइनेछ ।  धनगढीको पहिचान बन्ने गरी बसपार्कको डिजाइन तयार गरिएको नगर प्र...

किताब बिक्री गर्न मेची-महाकाली यात्रा गर्दै महावीर पुन

समाचार
धनगढी - महावीर पुनले मेची- महाकाली यात्रा गर्ने भएका छन् । आफ्नो जीवनीमा आधारित पुस्तक 'महावीर पुनको जीवन कथा' बिक्री गर्न पुन आफै मेची-महाकाली यात्रामा निक्लने भएका हुन् । पुनले सामाजिक सञ्जाल फेसबुकमा किताब बिक्री गर्न मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने बताएका छन् । पुनले बाटोमा र बाटोको वरिपरी पर्ने सहर बजारहरुमा किताब किन्न र बेच्न सहयोग गर्न चाहने ब्याक्तिहरुले ९८४१५९२३६१ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले भ्रमण कहिलेबाट थाल्ने भन्ने तय नभएको तर चाडै भ्रमण सुरू गर्ने बताएका छन्। पुनले सुरुमा काठमाडौदेखि पश्चिम लागेर मध्य पहाडी लोकमार्गमा पर्ने र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै लोक मार्गको अन्तिम विन्दु बैतडीको जुलाघाटसम्म पुग्ने र त्यहाँ बाट महेन्द्रनगर जाने बताएका छन् ।  महेन्द्रनगरबाट महेन्द्र राजमार्ग हुँदै ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज