Advertisement

धनगढीमा एक अर्ब लागतमा नयाँ बसपार्क बन्दै

Advertisement

धनगढी – धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । 

नयाँ बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ ।

धनगढी–३, स्थित बसपार्क निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको उनले जानकारी दिए । यसै महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष पेस गरिने उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख हमालका अनुसार बसपार्क निर्माणमा करिब ९९ करोड ३५ लाख रुपैयाँ लाग्ने स्टिमेट छ । बसपार्कमा दुईतले टर्मिनल भवनका साथै लामो, मध्यम र छोटो दूरीमा चल्ने सवारीसाधन पार्किङको छुट्टाछुट्टै क्षेत्र बनाइनेछ । 

धनगढीको पहिचान बन्ने गरी बसपार्कको डिजाइन तयार गरिएको नगर प्रमुख हमालले बताए । दुई वर्षमा बसपार्क निर्माणको काम पूरा हुने मेयर हमालले बताए । 

नगर विकास कोषले बसपार्क निर्माणको कुल लगानीको ८० प्रतिशत रकम ८ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने बताइएको छ ।

नयाँ बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख रुपैयाँ आम्दानी हुने उपमहानगरले अनुमान गरेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज