Advertisement

समाचार

बैतडीमा स्वास्थ्यकर्मीले पाएनन् तलब

समाचार
धनगढी - सङ्घीय सरकार मातहत रहेको बैतडीको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले तलब पाएका छैनन् ।  मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको थियो । उनीहरूले घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन । झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोगहरू (कोभिड, मलेरिया, एचआइभी) जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाएका छन् । अन्तर्राष्ट्रिय सीमानाकाको स्वास्थ्य चौकी भएकाले सङ्घीय सरकार मातहत छ । उनीहरुले सेवा सुविधा नपाएको भन्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय बैतडीसँग गर्दै आएका छन् ।...

डोटीमा तीन वर्षमा बन्नुपर्ने पुल नौ वर्षसम्म २२ प्रतिशत मात्रै 

समाचार
कैलाली - तीन वर्षमा निर्माण पूरा हुनुपर्ने डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल निर्माणको प्रगति नौ वर्ष बितिसक्दासमेत २२ प्रतिशत मात्रै भएको छ ।  सम्झौता अनुसार तीन वर्षमा काम पूरा हुनुपर्ने थियो । तीन वर्ष पहिलो ठेक्का सम्झौता अवधि सकिएर पाँच पटक ठेक्काको म्याद थप भइसकेको छ । पछिल्लो सम्झौताको म्याद गत असार २८ गते सकिएको हो ।  मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपियाँको लागतमा ३२० मिटर लम्बाइको आरसिसी पुल निर्माण हुने गरेर सम्झौता भएको थियो ।   सेती नदीमा पुल निर्माण नहुँदा शिखर नगरपालिका–११ सडक सञ्जालसँग जोडिन सकेको छैन। नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण सुरु भएको सातनाली मेल्लेख सडकसमेत अलपत्र परेको छ ।...

सुदूरपश्चिममा एक वर्षमा दुई हजारलाई डेङ्गु सङ्क्रमण 

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई हजार ४९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण वर्षभरि नै भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार २०२३ को अक्टोबरमा ५५५, सेप्टेम्बरमा ५०२ र अगस्टमा ४८० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो ।  यस्तै, जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५, मेमा २२, जुनमा ३०, जुलाईमा ९२, नोभेम्बरमा १२० र डिसेम्बरमा २१ जनालाई डेङ्गु सङ्क्रमण भयो ।  पछिल्लो समय चिसो बढेपछि सङ्क्रमण घटेको छ । यस वर्ष कैलालीमा ९९४, कञ्चनपुरमा ३०७, दार्चुलामा २६७ जनालाई डेङ्गु सङ्क्रमण भयो । अछाममा १७२, हिमाली जिल्ला बाजुरामा ९३, बझाङमा ७२, बैतडीमा ५४, डडेल्धुरामा ५० र डोटीमा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको छ ।  डेङ्गु सङ्क्रमणका कारण तीन जनाले ज्यान गुमाएको निर्देशनालयले जानकारी दिएको छ । ...

धनगढीमा प्राकृतिक तालको संरक्षण सुरु

समाचार
धनगढी - धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण सुरु गरेको छ ।  नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना सुरु गरेको हो ।  उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक तालतलैयाको खोजी गरी अतिक्रमण हटाएर ताल तलैयालाई पुनः कायम राखी पुनःभरण सुरुआत गरिएको नगरप्रमुख गोपाल हमालले बताए । धनगढी उपमहानगरपालिकामा रहेका ८३ वटा सार्वजनिक तालतलैयामध्ये सात वटा तालको अतिक्रमण हटाइएको छ ।  नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गरी संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टको भनाइ छ । उनले नगर क्षेत्रभित्र रहेका अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षण गर्ने...
क्यान्सरले बुवा बितेपछि ऋण तिर्न कोरिया जाने तयारीमा थिए सुजन

क्यान्सरले बुवा बितेपछि ऋण तिर्न कोरिया जाने तयारीमा थिए सुजन

समाचार
उनीहरू कोरिया रोजगारीमा जानका लागि आवेदन दिन चाहन्थे । पानीजहाज निर्माणका लागि परीक्षा दिएकाहरूले पनि त्यो अवसर पाउनुपर्ने युवाहरूको माग थियो । त्यही भिडमा थिए, दैलेखका २३ वर्षीय सुजन राउत । कोरिया भाषा परीक्षाको तयारीका लागि उनी काठमाडौं आएका थिए । युवाहरूले ईपीएस शाखा कार्यालय बालकुमारीनजिकै शुक्रबार गरेको आन्दोलनमा उनी पनि मिसिए । दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्‍यो ।  प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए । राउतको शरीरमा निलडाम थिए । साथीहरूले एम्बुलेन्स बोलाएर राउतलाई किस्ट मेडिकल कलेज पुर्‍याए । चिकित्सकले तत्कालै मृत घोषणा गरिदिए ।  आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि प्रहरी उत्तेजित भएको थियो । प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको थियो । त...

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

समाचार
काठमाण्डौं– काठमाण्डौं जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।  एक हप्तादेखि चलिरहेको बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छ...

दार्चुलामा सडकबाट खसेर युवकको मृत्यु

समाचार
धनगढी - दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ ।  अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी-तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काभेटरमा सहयोगीका रुपमा काम गर्दै आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन् ।  सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जनाए । धामी सडकबाट पाँच सय मिटर तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

ललितपुर प्रदर्शन : गृह मन्त्रालयले बनायो छानबिन समिति

समाचार
काठमाडौं - गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । छानबिन समितिलाई सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्न कार्यादेश दिएको छ। शुक्रबार बिहान ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्न जम्मा भएका व्यक्तिले प्रदर्शन, तोडफोड, आगजनी  गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा दुई जनाको मृत्यु भएको छ ।...

बाजुरामा जङ्गलमा खेर गएको मेलको खुदो बजारमा

समाचार
बाजुरा - बाजुराको बुढीनन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् ।  असोजदेखि मङ्सिरसम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् । पाकेको मेलबाट बनेको खुदोले गाई, भैँसी, भेडा, बाख्रालगायतका जनावरलाई आउँमासी झाडापखाला तथा दिसा पिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकोले पछिल्लो समय यहाँका महिलाहरूले मेलको खुदो पार्ने गरेको बुढीनन्दा नगरपालिका –८ खिन्तुरी रोकायाले बताइन् । पहिलेको पुस्ताले मेलको खुदो बनाएर गाउँ गाउँमा लगेर बिक्री गर्ने गर्थ्याे । अहिलेको पुस्तालाई यसको बारेमा खासै जानकारी नहुँदा बिक्री गर्न समस्या भएको रोकायाले बताइन् । बुढा पाखाले तमाखुमा हालेर खाने गरेकोले गाउँ घरमा भने केही मात्रामा मात्र बिक्...

इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

समाचार
काठमाडौं - कोरियन जहाज कम्पनीका कामदार र उत्पादक मूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपीएस परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘‘...निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’’...

बालकुमारी आन्दोलन : डोटीका एकसहित दुई जनाको मृत्यु

समाचार
काठमाडौं - कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उनले बताए । उनले आन्दोलनको क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको बताए ।  प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए ।...

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

समाचार
काठमाडौं - कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताए ।  प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज