Advertisement

भारतमा भारी बोकेर घरखर्चको जोहो गर्दै बझाङका बोहरा 

Advertisement

पिथौरागढ (भारत) – बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन् । ऊनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन् । 

पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउँछन् । 

“नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिकै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले भने । उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे । 

पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उनले जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भने । 

नेपालमै पसिना बगाउने आफ्नो रहर भएपनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गरे । “गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भने । भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ । “कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”,उनले भने, “यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।” 

बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आएका छन् । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरूले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । “यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भने, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।” 

पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरू पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज