Advertisement

अन्तर प्रदेश स्तरीय उसु प्रतियोगिता : सुदूरपश्चिमको ऐतिहासिक जीत

Advertisement

धनगढी – हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक जीत हात पारेको छ।

मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ।

प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ।

पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तर्गत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समूह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समूह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक तथा कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु सहायक प्रशिक्षक तथा अन्तरराष्ट्रिय प्रशिक्षक रतन खातिले बताए।

यसैगरी पुरुष तर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ७५ र ८० किलो तौल सहुम बिच प्रतिस्पर्धा गराइएकोमा ४८ किलो तौल बाहेक सवै स्वर्ण सुदूरपश्चिम प्रदेशले जीतेको निर्णायक खातिले बताए।

प्रतियोगितामा ४८ किलो तौल समूहबाट सुदूरपश्चिमका लागि खेलेकी स्वर्ण पदक विजेता अस्मिता गाहामगर उत्कृष्ठ खेलाडी चुनिइन्।

सुदूरपश्चिम प्रदेशबाट पहिलो अन्तरराष्ट्रिय च्याम्पियन उसु प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेकी अलिसा खातीले छियाङ्सु÷चेन्सु विधामा स्वर्ण पदक जित्न सफल भइन् भने, थाइची छ्वान् अलराण्डडरमा कुँवरले स्वर्ण पदक हात पारेकी हुन्। 

त्यसैगरी महिला थाङछ्वानमा सुपकी दीपिका चौधरीले स्वर्ण हात पारिन्। सुदूरपश्चिमको उसु टोलीमा राजकुमार राना र नवीन गाहामगरले प्रशिक्षक रहेका थिए।

प्रतियोगितामा ४ स्वर्ण, ९ रजत र ६ कास्य गरी १९ पदकका साथ बागमती प्रदेश उसु टीम दोश्रो तथा ३ स्वर्ण, ६ रजत र ६ कास्य सहीत १५ पदक जीत्दै आयोजक मकवानपुर उसु संघ तेस्रो भएको हो । प्रतियोगितामा एक स्वर्ण गण्डकीले जित्दा अन्य ५ प्रदेशले भने स्वर्ण पदक जित्न नसकेको निर्णायक खातीले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज