
धनगढी – सङ्घीय सरकार मातहत रहेको बैतडीको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले तलब पाएका छैनन् ।
मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको थियो । उनीहरूले घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन ।
झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोगहरू (कोभिड, मलेरिया, एचआइभी) जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाएका छन् ।
अन्तर्राष्ट्रिय सीमानाकाको स्वास्थ्य चौकी भएकाले सङ्घीय सरकार मातहत छ । उनीहरुले सेवा सुविधा नपाएको भन्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय बैतडीसँग गर्दै आएका छन् ।