Advertisement

समाचार

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ ।  हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ । ठुली रातका रूपमा समेत मनाइने पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ ।...

आज तमु ल्होसार : देशभर सार्वजनिक बिदा

समाचार
धनगढी - आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।  यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ । तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना व...

धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई 

समाचार
धनगढी - एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाईनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोल मात्रै भएको हो । पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । ईलाईटका खेलाडीले फल गरेपछि पाईएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिवक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ईलाईटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे ।  एक एक बरीबरमा रहेको अवस्थामा पहिल...

बालकुमारी घटना : मृतकको सम्झनामा धनगढीमा दीप प्रज्वलन 

समाचार
धनगढी - बालकुमारी घटनामा मृत्यु भएका दुई युवकको सम्झना धनगढीमा दीप प्रज्वलन गरिएको छ । आज शनिबार धनगढीको पार्क मोडमा मृतकका आफन्त र धनगढीका युवाहरूले दीप प्रज्वलन गरेका हुन् । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियोे । पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त घटनामा मारिएका दैलेखका रावत र अछामका शाहको परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सुरक्षा निकायलाई सतर्क,संयमित र प्रभावकारी बनाउने निर्णय...
राष्ट्रिय स्वास्थ्यकर्मी महाँसंघ कन्चनपुर जिल्ला कमिटि द्वारा निशुल्क स्वास्थ शिबिर सम्पन्न!

राष्ट्रिय स्वास्थ्यकर्मी महाँसंघ कन्चनपुर जिल्ला कमिटि द्वारा निशुल्क स्वास्थ शिबिर सम्पन्न!

समाचार
कन्चनपुर को बेदकोट नगरपालिका सामुदायिक बन मा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  राष्ट्रिय स्वास्थ्यकर्मी महाँसंघ नेपाल कन्चन्पुर जिल्ला अधक्ष्य पितृ धिर भण्डारि को नेतृत्व मा आयोजना गरिएको स्वास्थ शिबिर मा विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका छन् । शिविरमा आएका गरिब दुखि विरामीहरुलाई विभिन्न चेकजाँच गर्नुका साथै निशुल्क भिडियो एक्सरे लगायतका सेवाहरु दियको अधक्ष्य पितृ धिर भण्डारि ले बताउनु भयो । स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य जाँच गराएका छन भने ५० जनाले भिडियो एक्सरे सेवा लिएका छन् । साथै उक्त शिविरमा निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।...
मानसिक स्वास्थ्य सुदृढ बनाउन विभिन्न कलेजहरुमा कार्यक्रम गर्ने

मानसिक स्वास्थ्य सुदृढ बनाउन विभिन्न कलेजहरुमा कार्यक्रम गर्ने

समाचार
काठमाडौं । ब्याग्स अफ होप नामक संस्थाले काठमाडौंका विभिन्न प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । संस्थाले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नितिस जोशीले कार्यक्रमले देशका युवापुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने कुरामा विश्वास लिएको बताए । कार्यक्रम त्रिभुवन विश्वाद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सुलभराज उप्रेतीको नेतृत्वमा समन्वय गरेर गरिँदैछ । कार्यक्रममा अनुभवी मानसिक स्वास्थ्यकर्मीद्वारा प्रशिक्षण दिइने छ ।...

बालकुमारी घटना : २ युवकका परिवारलाई सरकारले १०-१० लाख दिने

समाचार
काठमाडौं - ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो । मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सुरक्षा निकायलाई सतर...

सुदूरपश्चिमका खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु 

समाचार
कपिलवस्तु - मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ ।  कपिलवस्तुको शिवराज नगरपालिका–१ चोर खोलामा शनिबार राति १ बजे खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो । हेटौडाबाट धनगढी जाँदै गरेको सु.प. ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताए ।  मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ वर्षकी उसु खेलाडी निता खड्का रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । घाइते हुनेमा उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहा मगर, अभि महतो, हरिचन्द्र कार्की, दीपक चौधरी, ज्...

धनगढीमा फारवेष्ट पशुपति कप : उपाधिका लागि स्टार सिटी र ईलाईट खेल्दै 

समाचार
धनगढी - एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।  फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको फाईनल खेलमा स्टार सिटी र ईलाईटले प्रतिस्पर्धा गर्ने छन् । छैटौ संस्करणको उपाधि भिडन्त धनगढी रंगशालामा दिउँसो २ बजे हुने क्लवका अध्यक्ष खेम रावतले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख पाउने छन् ।  प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।...

हात्ती महोत्सवको आज अन्तिम दिन

समाचार
धनगढी - चितवनको  सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ । महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ । महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसप...

भारतको पलियामा नेपाली महिलामाथि लुटपाट

समाचार
धनगढी - भारतको पलियामा नेपाली महिलामाथि लुटपाट भएको छ ।  भारतको बैंलोरबाट नेपाल आउने क्रममा बाँकेको खजुरा गाउँपालिकाकी २२ वर्षीया सजना सुनाइमाथि लुटपाट भएको हो । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार उनी माथि शुक्रवार बिहान ९ बजे पलियामा लुटपाट भएको थियो । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको त्रिनगर सहायता कक्षले उनको उद्धार गरेको छ । उनलाई बाँकेसम्म जाने रकम सहायता कक्षले सहयोग गरेको हो ।...

एनएसएलमा उपाधिका लागि आज धनगढी र ललितपुर खेल्दै

समाचार
काठमाण्डाैं - नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् ।  फाइनल खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराएको थियो । त्यस्तै, ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई नै हराएर उपाधि नजिकै पुगेको हो । एनएसएलको नयाँ ट्रफी हिजो सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी थिए । उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज