दार्चुलामा नगर प्रहरी मृत्यु प्रकरणमा एक जना पक्राउ
दार्चुला - दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।
महाकाली नगरपालिका–४ खलङ्गामा डेरा गरी बस्ने महाकालीका वडा ८ कि २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका–८ कै रोशनसिंह धामीलाई पक्राउ गरेको छ ।
मृतक युवतीको परिवारले २९ वर्षीय रोशन धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।
पक्राउ परेका युवक मृतक महिला नगर प्रहरीसँग नजिक रहेको र फोनमा कुराकानी हुनेगरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
प...


