
धनगढी – निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त सम्मानित भएका छन् ।
धनगढी प्याब्सनद्वारा साताैं प्याब्सन फेस्टिबलमा स्वास्थ्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै अध्यक्ष पन्तलाई सम्मानित गरिएको हो ।
पन्तले आफ्नाे अस्पताल तथा अन्य क्षेत्रबाट सुदूरपश्चिम तथा धनगढीकाे शिक्षा क्षेत्रमा पुर्याएकाे याेगदानकाे सम्मान गरेकाे प्यनब्सनका सचिव लाेकराज पन्तले बताए ।
साताै प्याब्सन फेस्टिबल आज १५ गतेदेखि सुरु भएकाे छ ।

