Advertisement

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

Advertisement

धनगढी – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाए । नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाए । 

नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिए । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।

नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम नि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । य...
एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउदको परिवारलाइ मृत्यु दाबि रकम भुक्तानि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उप...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेस कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा कम्पनि द्वारा मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज