
धनगढी – भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका छन् ।
सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका हुन् ।
खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ जना विदेशी र आठ सय ६५ जना स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।

