
मसुरिया – कैलालीको गौरीगंगा-७, मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना गरिएको छ ।
बुधबार गौरीगंगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेलको प्रमुख आतिथ्यतामा उक्त सुधार केन्द्र को उद्घाटन गरिएको हो ।
“हाम्रो एक मात्र चाहना नशा नशा मुक्त समाजको परिकल्पना” भन्ने मुल नाराका साथ उक्त सुधार केन्द्र स्थापना गरिएको हो ।
उक्त कार्यक्रममा खप्तड बहुमुखी क्याम्पास प्रमुख मदन जोशी, काली रक्षा गण कर्नेल निरज थापा, मसुरिया खाने पानी अध्यक्ष कमल जोशी, गौरीगंगा नगरपालिकाका पूर्व नगर प्रमुख भिम देउवा, एमाले जिल्ला सदस्य सागर थापा, वडा नम्बर ०४ का सदस्य बलराम सापकोटा र मसुरिया व्यवस्थापन समिति अध्यक्ष हरि जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नशा मुक्त समाज परिकल्पनाको लागि आदर्श नेपाल सुधार केन्द्र खोलिएको संस्थाका अध्यक्ष चेतराज पुरीले बताए ।
कार्यक्रममा बोल्दै पूर्व नगर प्रमुख देउवाले भने, “भौतिक विकासभन्दा मानव विकाश हुनुपर्छ । जब मानव विकास र भौतिक विकास मिलाएर गर्न सक्दैनौं भने हामिले विकासको अनुभूति र विकास भएको अनुभुती गर्नु हुँदैन । युवाको हातमा देश भन्ने युवा जति लागूऔषधमा फसेपछि कसरी देश बन्छ ?”
त्यस्तै नगर प्रमुख कडेलले नगरमा आफ्नो कार्यकालमा सकेसम्म मानसिक रोगीहरुको लागि लागूऔसधको कुलतमा फसेकाहरुका लागि एक स्कुल नै खोल्ने बताएका छन् ।
साथै आदर्श नेपाललाई राज्यले गर्ने काम समाज शुद्धिकरणको लागि अहोरात्र खटी युवाहरुलाइ सहि बाटोतर्फ लगेकोमा सुधार केन्द्रलाई धन्यवाद दिएका छन् ।
नगर प्रमुख कडेलले भने, “युवा जति कुलतमा, परिपक्क उमेर विदेशमा र भत्ता खाने र शारीरिक कम्जोर भएकामात्र समाजमा भएपछि देश विकाशतर्फ होइन बिनाशतर्फ धकेलिन्छ । त्यसैले युवाहरु कुलत मुक्त बनौं ।”
अहिलेसम्म सय जनाभन्दा बढीलाई नशा मुक्त गराएर समाजमा केही गरि खाई रहेका सहि दिशातर्फ धकलिन सफल भएकोमा आफैमा पनि गर्व रहेको आदर्श सुधार केन्द्रका स्वयम् सेवक युवराज नाथ र सागर पुरिले बताएका छन् ।
उक्त संस्थामा प्रत्येक दिन प्रेरणादायी कक्षा सञ्चालन र हफ्ताको दुई दिन विशेषज्ञ डाक्टरबाट चेकजाँच गरिने जनाइएको छ ।
यस्ता छन् आदर्श सुधार केन्द्रका उदेश्यहरु
– समाजमा दिन प्रती दिन घटी रहेको विकृती हरुलाइ न्युनीकरण गर्ने,
– दुर्व्यसनको कारण अफ्नो उदेश्य, महत्त्व गुमाएकाहरुलाई सहि मार्ग दर्शन गराउँन,
– शारीरिक, मानसिक र अध्यात्मिक स्तरको वृद्धि गराइ सद्दे र सभ्य अवस्थामा फर्काउने र
– नकारात्मक तथा नशाहरुको बारेमा विस्तृत सहि र सटिक जानकारी गराई उपचाररतहरुलाइ दुर्व्यसन प्रती नकारात्मक भाव उत्पन्न गराइने संस्थाका संस्थापक सदस्य टीका नाथले बताए ।
