धनगढी – नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरू फेरिएका छन्।
आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो।
बैठकको निर्णयअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बाग्मतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ।
यसैगरी पार्टीले विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय समितिको जिम्मेवारी देव गुरुङलाई दिइएको छ। प्रवासअन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीले जिम्मेवारी पाएका छन्।
कार्यविभाजन मंगलवार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधवार पनि बैठक बस्ने पार्टीले जनाएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३