Advertisement
Wednesday, June 18

सुदूरपश्चिममा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

Advertisement

कञ्चनपुर – सुदूरपश्चिममा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । 

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो । 

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले भने,“अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आउनुभएको छ । बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।” रक्तरोग विशेषज्ञ डा ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताए ।

“वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ”, उनले भने, “बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।” 

उनका अनुसार बालबालिकामा रक्त क्यान्सर ९ब्लडक्यान्सर०, ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ ।

उनले क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको बताए । “क्यान्सरका बिरामी ढिलोगरी अस्पतालमा उपचारका लागि आउने गरेका छन्”, डा ढकालले भने, “समयमै उपचार गर्नसके क्यान्सर निको पार्न सकिन्छ ।” 

महाकाली अस्पतालमा जनशक्ति र उकरण अभावले क्यान्सरको उपचार सम्भव नभए पनि क्यान्सरको पहिचान गरी समयमै उपचार गर्नसके यसको निदान सम्भव रहेको उनले बताए ।

प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताए । 

“अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले १३ विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्”, उनले भने, “अस्पतालले गाइनोलगायतका विशेषज्ञ सेवा थप्दै छ ।” पछिल्लो समय अस्पतालले डायलायसिस सेवासमेत सुरु गरेपछि यहाँका सेवाग्राहीलाई सहज भएको छ । रासस

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनसम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ। तलको...
बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स सहयोग पाएका छन् । पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल ...
तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

उत्तमकुमार थापा बझाङ, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको विकट भनेर चिनिँदै आएको तलकोट गाउँपालिका पछिल्लो समय ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज