Advertisement

समाचार

आजदेखि जलपन्छीको गणना सुरु

आजदेखि जलपन्छीको गणना सुरु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आजदेखि जलपन्छीको गणना सुरू भएको छ । देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना सुरु भएको हो । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म जलपन्छीको गणना गर्ने गरिन्छ । पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र धेरैजसो समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । यसवर्ष आजदेखि शुरू भएको गणना आउँदो माघ ४ गतेसम्म चल्नेछ । वेटल्याण्ड ईन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघलगायतले पनि जलपन्छीको गणनामा आवश्यक सहयोग गरेका छन् । चराको बारेमा ज्ञान भएका, पहिचान गर्न सक्ने सीप, क्षमता रहेका ४ सयभन्दा धेरै जना गणनामा सहभागी छन् । वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार जलपन्छीक...
२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Breaking News 2, बझाङ, समाचार
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरीबल आश्रित गुल्म बझाङले मष्टा गाउँपालिकामा हाजिरी जवाफ कार्यक्रम गरेको छ । विभिन्न माध्यमिक विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा कुलमष्टाजन माध्यामिक विद्यालय प्रथम स्थान हासिल गरेको छ भने शारदा माध्यामिक विद्यालय दितृय घचाया माध्यमिक विद्यालय तृतीय सरस्वती माध्यमिक विद्यालय सान्त्वना भएको छ । सशस्त्र प्रहरी बलकाे स्थापना दिवसकाे अवसरमा यस पटक मष्टा गाउँपालीकालाइ समेटेर विद्यालय स्तरिय कार्यक्रम गरिएको डिएसपी दुर्गाप्रशाद भट्टले बताए । उनले मष्टाकाे कुलमष्टाजन माध्यामिक विद्यालय लगायत स्थानीय सरकारलाई साथ सहयाेग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन । कार्यक्रममा मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जाेशी सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जाेशी शिक्षा शाखा प्रम...
बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रमेश बहादुर विष्ट लाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार गाउँपालिकामा कार्यरत वरिष्ठ कर्मचारी विष्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८५ को उपदफा (४) बमोजिम हाल प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको अवस्थामा वा अर्को व्यवस्था नहुँदासम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी विष्टलाई तोकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त निर्णय तह कार्यालयको पत्र संख्या १३४४, मिति २०८२/०९/०२ को पत्रका आधारमा गरिएको हो।   यसअघि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली को गत पौष २ गते डेढ महिनामै सरुवा भएपछि गाउँपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा रहेको थियो।...
“नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा “

“नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा “

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
"नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा " जीवन र मृत्युको सीमारेखा कहिल्यै नहेरी, सिद्धान्त र व्यवहारबीच अद्भुत सन्तुलन कायम गर्दै, स्पष्ट विचार र साहसी नेतृत्वका साथ नेपाली क्रान्तिको अग्रमोर्चामा उभिनु भएका नेता प्रेम बयकको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीको समानुपातिक बन्द सूचीमा समावेश भएपछि आम क्षेत्रवासी, जनयुद्धका घाइते–अपाङ्ग, शहीद परिवार, प्रवासी नेपाली र सम्पूर्ण उत्पीडित वर्गमा उत्साह छाएको छ।२०५४ सालमा क्याम्पस अध्ययनकै क्रममा विद्यार्थीका हक–हितका लागि क्रान्तिकारी संगठनबाट प्रभावित भई माओवादी आन्दोलनमा होमिनु भएका प्रेम बयक २०५७ सालदेखि भूमिगत जीवनमा प्रवेश गर्दै सैन्य तालिमसहित मिलिसिया र स्क्वायड कमाण्डरको जिम्मेवारी सम्हाल्नुभयो। २०५८ सालदेखि जनमुक्ति सेनाका रूपमा दर्जनौँ युद्ध मोर्चामा सहभागी उहाँ २...
सन् २०२६ सुरु

सन् २०२६ सुरु

Breaking News 1, मुख्य समाचार, समाचार
धनगढी- ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षदेखि पादरी ग्रेगोरीले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रोअनुसार चाडपर्व मान्नेहरूले आज एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै मनाइरहेका छन्। ग्रेगोरियन पात्रो सौरमासको आधारमा मात्र निर्माण गरिएको मानिन्छ। त्यसै आधारमा आलोचकहरूले यो पात्रो पूर्ण रूपमा वैज्ञानिक नभएको टिप्पणी गर्ने गरेका छन्। विभिन्न संवत्को अध्ययन तथा अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि सुरु भएको विक्रम संवत् जति वैज्ञानिक नभए पनि हाल इस्वी संवत्को प्रभाव विश्वव्यापी बन्दै गएको छ। एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि दिनभन्दा साना घण्टा, मिनेट र सेकेन्डको एकाइले गणनामा असर पार्ने भएकाले सामान्य...
आज पनि तराई मधेशमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

आज पनि तराई मधेशमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था नरहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान छ । यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ । हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाल...
नेपाली कम्युनिष्ट पार्टीको प्रतिनिधिसभा समानुपातिक बन्द सुचिमा निर्मला साउँद

नेपाली कम्युनिष्ट पार्टीको प्रतिनिधिसभा समानुपातिक बन्द सुचिमा निर्मला साउँद

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसकेको छ । सोमबार पार्टीले बन्दसूची बुझाएको हो । साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबिच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएकोले सबैको सहभागिता सुनिश्चित हुने गरी बन्दसूची बुझाइएको नेकपाले बताएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले बुझाएको समानुपातिक सुचीमा यसअघि मन्त्रि र सांसद भएका बाहेक अधिकांश नयाँलाई अवसर दिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको नामावलीमा खसआर्य तर्फ ३२ जनामा टफ आठ जना भित्र अछामकी चर्चित महिला नेत्रि निर्मला साउँदको नाम समावेस गरेको हो भने सुदुरपश्चिम प्रदेश महिला कलस्टरबाट सिङ्गल नाम समावेस भएको हो। को हुन त निर्मल...
कैलालीको कैलारी-१ मा रहेको दिपेन्द्र माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न , उत्कृष्ट विद्यार्थी सम्मानित

कैलालीको कैलारी-१ मा रहेको दिपेन्द्र माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न , उत्कृष्ट विद्यार्थी सम्मानित

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको कैलारी गाउँपालिका- १ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक समारोहबीच विद्यालयको को ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी प्रमुख आतिथ्यमा भएको थियोे । उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको र विद्यालयको व्यवस्थापनमा आवश्यक जिम्मेवारी पालिकाले लिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष चौधरीले शिक्षा सुधारका लागि हरसम्भव प्रयास भइरहे पनि सोचेजस्तो प्रतिफल आउन नसकेको बताए। कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले शिक्षामा सुधार ल्याउन शिक्षकको मात्र एकल प्रयास पर्याप्त नहुने भन्दै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्। यस्तै, गाउँपालिका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले सामुदायिक विद्यालयमा ...
एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ नम्बर वडा कार्यालयमा लगाइएको तालाबन्दी आज पनि खोलिएको छैन । कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद समाधान नहुँदा वडा कार्यालयका सम्पूर्ण सेवा प्रभावित बनेका छन् । यो विवाद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष शिवराज जोशी र तत्कालीन नेकपा समाजवादीबाट निर्वाचित वडा सदस्य दीपक रोकाया बीच सुरु भएको हो। रोचक पक्ष के छ भने, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा यी दुवै जनप्रतिनिधि हाल एउटै दलमा आवद्ध छन् । पार्टी एउटै भए पनि स्वार्थ फरक भएपछि विवाद चुलिएको स्थानीयको बुझाइ छ । स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले आफ्नो नजिकको व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्न खोजेपछि वडा सदस्य रोकायाले पनि आफ्ना मान्छे राख्न दबाब दिए । दु...
बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् । विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्...
तिन दल को एकता सङ्ग स्वतन्त्र लड्दै डबल शाह

तिन दल को एकता सङ्ग स्वतन्त्र लड्दै डबल शाह

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको नेतृत्वका लागि निर्वाचन हुने भएको छ । जस अन्तर्गत शनिवार मनोनयन दर्ता सकिएको छ । क्याम्पस नेतृत्वको लागि डबल शाह र लक्ष्मण न्युरे चुनावी मैदानमा छन् । सधैँ जसो राजनीतिक खिचातानी देखिने क्याम्पस सञ्चालक समितिको निर्वाचन यस पटक भने अलि भिन्न जस्तै देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले अध्यक्षका उम्मेदवार लक्ष्मण न्युरेलाई सघाउने लगभग निश्चित जस्तै छ भने हाल सम्म राजनीतिमा नखुलेका डबल शाह आफ्नो प्यानल सहित स्वतन्त्र उम्मेदवार बनेका छन् । सबै दलहरु मिलेर साझा उम्मेदवार उठाउदा पनि मतदाताको मन जित्ने दाउमा शाह छन् । शाहले आफ्नो उपाध्यक्षमा भानुभक्त आचार्यलाई अघि सारेका छन् भने न्युरेले आयुष जोशीलाई अघि सारेका छन् । खुल्ला ३ जना सदस्यका लागि प्रेम प्रसाद कँडेल, जनक जोशी, रमेश कुमार बस्नेत र सीता ...
नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कैलाली : धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमी (NWA) मा अध्ययनरत बिएचएम कार्यक्रमका विद्यार्थीहरूले जापानको राजधानी टोकियोमा एक वर्षे तलबसहितको इन्टर्नसिप अवसर प्राप्त गरेका छन् । इन्टर्नसिप सहित खाना र बसोबासको सुविधा संगै विद्यार्थीहरूले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने गरी इन्टर्नसिपमा सहभागी हुन पाएका छन । कलेज प्रशासनका अनुसार, विद्यार्थीहरूलाई विश्वस्तरीय होटल तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा प्रत्यक्ष कार्यअनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यस अवसरले विद्यार्थीहरूको व्यावसायिक सीप, कार्यअनुशासन र अन्तर्राष्ट्रिय कार्यसंस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ । नेपाल वेस्टर्न एकेडेमीका प्रबन्धक शैलेस सिंह ले यो उपलब्धिलाई कलेजका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भने “बिएचएम ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज