Advertisement

कैलालीको कैलारी-१ मा रहेको दिपेन्द्र माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न , उत्कृष्ट विद्यार्थी सम्मानित

Advertisement

कैलालीको कैलारी गाउँपालिका- १ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक समारोहबीच विद्यालयको को ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी प्रमुख आतिथ्यमा भएको थियोे । उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको र विद्यालयको व्यवस्थापनमा आवश्यक जिम्मेवारी पालिकाले लिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष चौधरीले शिक्षा सुधारका लागि हरसम्भव प्रयास भइरहे पनि सोचेजस्तो प्रतिफल आउन नसकेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले शिक्षामा सुधार ल्याउन शिक्षकको मात्र एकल प्रयास पर्याप्त नहुने भन्दै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्।
यस्तै, गाउँपालिका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आए पनि विद्यार्थी संख्या क्रमशः घट्दै गइरहेकोले शिक्षा क्षेत्रमा निराशा पैदा भएको जानकारी गराए।
विद्यालयका प्रधानाध्यापक विनोद भट्टराईले विद्यालयको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक संघका अध्यक्ष बिसराम चौधरी, विद्यार्थी सुनिल विक र अस्मिता चौधरीले आ–आफ्नो मन्तव्य राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्लस–टु संयोजक प्रेमराज पन्तले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षिका पशुपति कुँवरले गरेकी थिइन्।
कार्यक्रममा शिक्षक रामसिंह भुल र सन्तोष चौधरीलाई सम्मान गरिएको थियो। साथै, गत वर्षको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज