बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
नरेश बिष्ट बझाङ- बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ केदारस्यूँ गाउँपालिका ९ झोतामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको हो ।
जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहनुभएको थियो।
प्रतियोगिता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं १ का प्रदेशसभा सदस्य दमन बहादुर भण्डारी रहनुभएको थियोे ।
कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख , वडाध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद...












